काठमाडौं । राप्रपा नेपालबाट काठमाडौं– ७ मा उम्मेदवारी दिनुभएका कुमार श्रेष्ठले सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईलाई समर्थन गर्नुभएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले आफ्नो उम्मेदवारी निस्क्रिय पारेको र मानुषीलाई समर्थन गर्ने जनाउनु भएको हो।
नेपाल समाजवादीकी नेता मानुषी माओवादी केन्द्रको चुनाव चिन्ह लिएर यस क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्नुभएको छ ।
श्रेष्ठ कमल थापा नेतृत्वको राप्रपा नेपालबाट तीर चुनाव चिन्ह लिएर उम्मेदवार दिनुभएको थियो ।







