जब मेलामार्फत् विद्यार्थीलाई ‘अन द स्पट’ रोजगारी

Read Time = 5 mins

काठमाडौं । स्किल बेस्ट संस्थाले काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजको सहकार्यमा आयोजना गरेको ‘जब मेला’ बाट सो कलेजका विद्यार्थी र सहभागी कम्पनी दुवै लाभान्वित भएका छन् । स्नातक तथा स्नातकोत्तर अध्ययनरत तथा पास आउट विद्यार्थीलाई लक्षित गर्दै आयोजित मेलामा दुई दर्जन बढी प्रतिष्ठित कम्पनीको सहभागिता थियो ।

उक्त एकदिने जब मेलामा दुई सय ५० भन्दा बढी विद्याथीहरूले आफ्नो रोजाइका प्रतिष्ठित कम्पनीमा अन्तर्वार्ता दिएको स्किल बेस्टका सिनियर रिलेसनसिप मेनेजर तथा मेला संयोजक कविराज निरौलाले जानकारी दिनुभएको छ । अन्तर्वार्तामा सहभागीमध्ये ६० प्रतिशत विद्यार्थीले सम्बन्धित कम्पनीको जब पाउने पनि उहाँले बताउनुभयो ।

स्वदेशमै रोजगारी प्रवद्र्धन गर्नका लागि जब मेलाको आयोजना गरिएको र मेला अपेक्षा गरिएभन्दा पनि राम्रो भएको संयोजक निरौलाले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘मेलामा सहभागिता जनाएका प्रतिष्ठानका मानव संसाधन विभागका कर्मचारीसमेत अन्तर्वार्ता दिन आएका विद्यार्थीको प्रस्तुतिबाट सन्तुष्ट भएको पाइएको छ, किनभने हरेक विद्यार्थीले आफूलाई उत्कृष्ट शैलीमा प्रस्तुत गरेका थिए । स्नातक विद्यार्थीलाई सम्बन्धित प्रतिष्ठानले भविष्यमा बोलाउने आश्वासन दिएका छन् भने स्नातक तथा स्नातकोत्तरले सोही दिन जबको अफर पाएका छन् ।’

मेलामा दुई सय ५० भन्दा बढी विद्यार्र्थीले आफ्नो रोजाइका कम्पनीमा अन्तर्वार्ता दिएको र अन्तर्वार्तामा सहभागीमध्ये ६० प्रतिशत विद्यार्थीले सम्बन्धित कम्पनीको जब पाउने आयोजकले जनाएको छ ।

ADVERTISEMENT

आयोजक स्किल बेस्टका प्रबन्ध निर्देशक पृथ्वीनारायण श्रेष्ठले पनि मेला सोचेभन्दा राम्रो भएको र मेलाबाट दुवै पक्ष लाभान्वित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो उद्देश्य नै रोजगारी प्रवद्र्धन हो, सामान्यतया नेपालमा कम्पनीहरूले कर्मचारीहरू मागिरहेका हुन्छन्, त्यसमा इच्छुक व्यक्तिले आवेदन दिन्छन् तर यसरी विद्यार्थीले आफू अध्ययनरत कलेजमै जागिरको प्रस्ताव लिएर आउने कम्पनीको उपस्थिति सहज हुँदैनथ्यो तर हामीले विद्यार्थीलाई त्यो सुुविधा उपलब्ध गराएका छौँ । हाम्रो मुख्य उद्देश्य नै योग्य विद्यार्थीले कलेज परिसरमै ‘अन द स्पट’ जब अफर पाऊन् भन्ने हो ।’

जब मेलामा सहभागी मुक्तिनाथ विकास बैंक मानव संसाधन विभागका कर्मचारी मनिष महर्जन, आइएमई लाइफ इन्सुरेन्सकी कर्मचारी अनुपमा राजभण्डारी, कामना सेवा विकास बैंकका प्रवीण शिवाकोटी, महालक्ष्मी विकास बैंककी अधिकृतस्तरकी कर्मचारी प्रतीक्षा कोइराला र सिप्रदी टे«डिङ प्रालिका मानव संसाधन विभागका कर्मचारी आकर्षण महर्जनलगायतले जब मेला रोजगारदाता र रोजगारी चाहने दुवैका लागि उपयुक्त गन्तव्य बन्न सफल भएको बताउनुभएको छ ।

मेलामा खल्ती डिजिटल वालेट, शिखर इन्सुरेन्स, सुबिसु केबलनेट, भिभो स्मार्टफोन, मुक्तिनाथ विकास बैंक, सांग्रिला विकास बैंक, सिप्रदी ट्रेडिङ, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, हुलास स्टिल, लक्ष्मी ग्रुप, दराज, इसेवा, एचएलई, डिसहोम, सिटिजन लाइफ, गोल्यान ग्रुप, आइएमई लाइफ, शिसास ट्रेडिङ कन्सर्न तथा लिफ फ्रगलगायतका कम्पनीको सहभागिता थियो । स्किल बेस्टले आगामी छ महिनाभित्र काठमाडौंको खुला मञ्चमा पनि तीनदिने खुला जब मेला आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज