उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको एघार बुँदे निर्देशन

रासस
रासस
Read Time = 5 mins

काठमाडौं । निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले सरकार, गृह मन्त्रालयमार्फत सम्बद्ध निकायलाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्न गराउन विभिन्न निर्देशन दिएको छ ।

आज बसेको सो समितिको बैठकले निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिनेलगायतका काम गरी निर्वाचनको स्वच्छतामा असर पु¥याउने कुनै पनि गतिविधि नगर्न नगराउन उपयुक्त सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ । निर्वाचनमा आचारसंहिता उल्लङ्घनका गतिविधि, निर्वाचन प्रचारप्रसार निषेध अवधिमा हुनसक्ने अवाञ्छित गतिविधि, हातहतियार निषेधजस्ता कार्यको निगरानी गरी पूर्णरूपमा नियन्त्रणका लागि सम्बद्ध सबै पक्ष सक्रियरूपमा परिचालित हुन बैठकले निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको मितिभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने बताउनुभयो ।

ADVERTISEMENT

मतदानको दिनको ४८ घण्टा अगाडिदेखि प्रचारप्रसार गर्न निषेध गरिएकाले उक्त अवधिमा सुरक्षा निकायले निगरानी बढाइ प्रचारप्रसारलगायतका निर्वाचन कानून प्रतिकूल हुने कुनै पनि प्रकारका अवाञ्छित गविविधि पूर्णरूपमा नियन्त्रण गर्ने, आयोगबाट जारी गरिएको मतदानको दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ को पूर्ण पालना गरी, गराई मतदानका दिन सवारीको व्यवस्थित आवागमनको प्रबन्ध गर्ने, सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा ३० मिनेटभित्र पुग्नसक्ने गरी पर्याप्त रिजर्भ फोर्सको व्यवस्था मिलाउने, निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकताअनुसार सुरक्षा गस्ती परिचालन गर्नेगरी निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।

सो समितिमा गृह र रक्षा मन्त्रालयका सचिवसहित चारवटै सुरक्षा अङ्गका प्रमुख सहभागी हुनुहुन्छ । निर्वाचनलाई शान्तिपूर्णरूपमा निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न क्षेत्रगत संवेदनशीलता समेतलाई ध्यान दिई गरी पर्याप्तमात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाउन, उक्त घुम्ती टोलीले निर्वाचन आचारसंहिता, २०७९ तथा निर्वाचन ९कसुर तथा सजाय०, ऐन, २०७३ बमोजिम निषेध गरेका विषयमा सघन अनुगमन र कारवाही गर्ने र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम प्रमुख जिल्ला अधिकारीबाट प्रत्यायोजित अधिकारसमेत प्रयोग गर्न, यसरी घुम्ती टोली परिचालन गर्दा महानगरपालिका, उपमहानगरपालिका, जिल्ला सदरमुकाम रहेका पालिका र काठमाडौँ उपत्यकाबाहेकका अतिसंवेदनशील र संवेदनशील निर्वाचन क्षेत्रमा आवश्यकता हेरी परिचालन गर्न निर्देशन दिइएको छ ।

निर्वाचन सम्पन्न भएपश्चात् मतपत्रसहितको मतपेटिका ढुवानीसम्बन्धी कार्ययोजना तयार गरी कार्यान्वयन गर्न, मतदानका दिन सबै आममतदाताले निर्वाधरूपमा मतदान गरी आफ्नो मताधिकार सुनिश्चित हुने वातावरण तय गर्ने व्यवस्था मिलाउन, आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त भएका निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी गतिविधिको अध्ययन गरी आवश्यकताअनुसार नियन्त्रण र व्यवस्थापनका लागि सम्बद्ध सबै पक्षले उपयुक्त कार्ययोजना बनाई प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउन र मतगणना कार्यलाई निर्वाधरूपमा सञ्चालन गर्न मतगणनास्थलको पर्याप्त सुरक्षा प्रबन्ध मिलाउने तथा सम्बद्ध निकायले सोको योजनाबद्ध तयारी र व्यवस्थापन गर्न/गराउन निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?