पूर्वी पोल्याण्डमा रुसी मिसाइल प्रहार, दुई जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

किभ । युक्रेनको सिमाना नजिक पूर्वी पोल्याण्डको एक गाउँ प्र्जेवोडोमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको अग्निनियन्त्रकहरूले बताएका छन् । विष्फोट रुसी मिसाइलहरूबाट भएको भन्दै नेटो सहयोगीहरूले अनुसन्धान गरिरहेका छन् ।

यसअघि अमेरिकी गुप्तचर निकायका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसल पोल्याण्डमा रुसी क्षेप्यास्त्रहरू प्रवेश गरेको कारण विस्फोट भएको बताएको थियो। तर अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले उक्त विवरणको पुष्टि गर्न नसकेको बताएको छ ।

ADVERTISEMENT

ह्वाइट हाउसले पनि पोल्याण्डबाट आएका रिपोर्टहरू पुष्टि गर्न नसकिने र थप जानकारी संकलन गर्न पोल्यान्ड सरकारसँग काम गरिरहेको जनाएको छ । रुसी रक्षा मन्त्रालयले रूसी क्षेप्यास्त्रहरूले पोल्याण्डको भूभागमा आक्रमण गरेको रिपोर्टलाई अस्वीकार गर्दै तिनीहरूलाई ‘जानीजानी उक्साहट’ भनी वर्णन गरेको थियो ।

रुसी सेनाले एक विज्ञप्तिमा भनेको छ , ‘क्रेनी-पोलिश सीमा नजिकका लक्ष्यहरूमा कुनै पनि रुसी विनाशकारी माध्यमद्वारा हमला गरिएको थिएन । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज