काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको १४औँ वार्षिक साधारणसभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । ज्योति लाइफ इन्स्योरेन्ससँग सेयर अनुपात १ः०.८२४५ मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । मर्जरपछि जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’ रहनेछ ।
साधारणसभाले कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगर महानगरपालिका ७ तथा कर्पोरेट कार्यालय काठमाडौं महानगरपालिका ३०, ज्ञानेश्वरमा राख्ने प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको आर्थिक सहायता रकम १० लाख ४४ हजार चार सय ९९ रुपैयाँको कम्पनी ऐनमा भएको व्यवस्थाबमोजिम अनुमोदनसमेत गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts