ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले विकासका लागि जनताले जनप्रतिनिधिसँग हात जोड्नुनपर्ने बताउनु भएकाे छ । गोदावरी नगरपालिका-५ लेलेमा मंगलबार बिहान भएको घरदैलो कार्यक्रममा ललितपुर-१ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका राणाले आफ्नो क्षेत्रको विकासका लागि निर्धक्क भएर जनप्रतिनिधिसँग कुरा गर्न आग्रह गर्नुभयाे ।
उहाँले भने, ‘यहाँ बाटो चाहियो, यहाँ खानेपानी चाहियो भनेर जनप्रतिनिधिसँग तपाईहरुले हात जोड्नुपर्दैन । निर्धक्क भएर हात मिलाएर हामीसँग आफ्ना मागहरु राख्नुहोला ।’
उहाँले लोकतान्त्रिक गठबन्धनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सभा र प्रतिनिधिसभाका जनप्रतिनिधि ललितपुर १ को विकासका लागि प्रतिबद्ध रहेको बताउनुभयाे ।
‘अब बाटो बनाउन दशजनासँग बिन्ती गर्नुपर्दैन । हात मिलाएर यो बाटो पिच गरिदिनुस् भनेर बिन्ती गर्नुपर्दैन । यहाँका स्थानीय तहका जनप्रतिनिधि र हामीहरु मिलेर विकासको काम गर्छौं,’ वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राणाले भर्नुभयाे, ‘एमालेका उम्मेदवारहरुले हामीलाई गाली गर्नेबाहेक अरु केही काम गरेका छैनन् । सांसदको काम सेलिब्रेटी बन्ने होइन । खेतगरामा गएर धान काटेजस्तो गरेर फोटो खिचेर प्रचार गर्ने होइन, फोटो खिच्नकै लागि स्कुलमा रंग लगाएजस्तो गर्ने पनि होइन ।’
उहाँले लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयाे । ‘जनप्रतिनिधि भनेको जनताको दुःखसुखमा साथ दिने हो । यो काम कसले गरेको छ ? त्यो तपाईले मूल्यांकन गर्नुहोला । हामीहरु सबै मिलेर यो क्षेत्रको विकास गर्छौं । गठबन्धनका सबै साथीहरुलाई जिताएर पठाउनुस्,’ उहाँले भन्नुभयाे ।
ललितपुर १ मा कांग्रेस नेता राणा र एमाले उम्मेदवार नवराज सिलवालबीच प्रतिस्पर्धा हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच