जी-२० शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । विश्वका ठूला र आर्थिक रुपमा उदाउँदै गरेका देशहरूको समूह जी–२० को शिखर सम्मेलन आज(मंगलबार)देखि इन्डोनेसियाको बालीमा सुरु हुँदैछ ।

सम्मेलनमा भाग लिन विभिन्न देशका प्रमुख इन्डोनेसिया पुगेका छन् । ‘रिकभर टुगेदर, रिकभर स्ट्रोङ्गर’ भन्ने मुख्य नाराका साथ शिखर सम्मेलन सुरु हुन लागेको हो ।

दुईदिने जी–२० नेताहरूको शिखर सम्मेलनमा विश्वव्यापी स्वास्थ्य संरचना, दिगो ऊर्जा सङ्क्रमण र डिजिटल रूपान्तरण गरी तीन वटा मुख्य प्राथमिकताका विषयमा छलफल केन्द्रित हुनेछ ।

ADVERTISEMENT

सम्मेलनमा रुसले युक्रेनमा गरेको आक्रमण, बढ्दो खाद्य असुरक्षालगायतका विषयमा पनि छलफल हुनेछ ।

सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनियाँ राष्ट्रपति सी जिन‍पिङ, बेलायती प्रधानमन्त्री ऋषि सुनक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत इन्डोनेसिया पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?