आज सेन्ट जेभियर्समा ‘जब मेला’

Read Time = 2 mins

काठमाडौं । काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा मंगलबार ‘जब मेला’ हुँदैछ । संस्थागत क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको स्किल बेस्ड नामक संस्थाले कलेजसँगको सहकार्यमा एकदिने मेला आयोजना गरेको हो ।

चौधरी ग्रुपलगायत झण्डै दुई दर्जन कम्पनीको सहभागिता रहने जब मेलामा सिप्रदी, गोल्डस्टार सुज, लक्ष्मी गु्रप, हुलास स्टिल, डिसहोम, गोल्यान ग्रुप, इसेवा, सांग्रिला डेभलपमेन्ट बैैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, दराज, सुबिसु, भिभो मोबाइल, खल्तीलगायत कम्पनीका स्टल रहने आयोजकले जनाएको छ ।

ADVERTISEMENT

सेन्ट जेभियर्स कलेजकै विद्यार्थीलाई लक्षित गरी आयोजित मेलामा जबका लागि विद्यार्थीले सम्बन्धित कम्पनीहरूमा अफर गर्न सक्ने र कम्पनीहरूले पनि अन द स्पट कलेजबाट आवश्यक जनशक्ति लिनसक्ने बताइएको छ । विद्यार्थीको रोजगारी प्रवद्र्धनमा जब मेला जस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्न सक्ने आयोजक संस्थाका प्रबन्ध निर्देशक पृथ्वीनारायण श्रेष्ठले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज