गठबन्धन सरकारको नेतृत्व गर्दै नेतान्याहु

Read Time = 1 min

जेरुसेजम । इजरायलका वरिष्ठ राजनीतिज्ञ तथा पूर्वप्रधामन्त्री बेन्जामिन नेतान्याहुले सरकार गठनका लागि म्यान्डेट प्राप्त गर्नुभएको छ । चार वर्षमा पाँचौंपटक भएको नोभेम्बर १ को चुनावले बेन्जामिन नेतान्याहु र उहाँका अति दक्षिणपन्थी सहयोगीले १२० सिटको संसदमा स्पष्ट बहुमत प्राप्त गरेको थियो । ‘मैले तपाईं बेन्जामिन नेतान्याहुलाई सरकार गठनका लागि नियुक्त गर्ने निर्णय गरको छु’, राष्ट्रपति इज्याक हर्जोगले जेरुसेलमा आयोजित एक कार्यक्रममा भन्नुभएको छ ।

ADVERTISEMENT

म्यान्डेट स्वीकार गर्दै ७३ वर्षीय नेतान्याहुले सम्पूर्ण इजरायलीलाई सेवा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । ‘मलाई मतदान गर्ने र नगर्ने दुवैलाई सेवा गर्नु मेरो दायित्व हो’, उहाँले भन्नुभएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज