बेइजिङको वैदेशिक व्यापार १९.३ प्रतिशतले वृद्धि

Read Time = 1 min

बेइजिङ । बेइजिङको यस वर्षको पहिलो १० महिनामा कूल वैदेशिक व्यापार करिब ४११.६ अर्ब अमेरिकी डलर पुगेको भन्सार तथ्यांकले देखाएको छ । बेइजिङ भन्सारका अनुसार यो तथ्यांक गत वर्षको सोही अवधिको तुलनामा १९.३ प्रतिशतले बढी हो ।

जनवरीदेखि अक्टोबरसम्म बेइजिङको आयात २६.६ प्रतिशतले बढेर २.५ ट्रिलियन युआन पुगेको छ भने निर्यात ९.१ प्रतिशतले घटेर ४६४.६ अर्ब युआन पुगेको जनाइएको छ ।

ADVERTISEMENT

यस अवधिमा, सोलार व्याट्री, लिथियम-आयन ब्याट्री र विद्युतीय सवारीसाधनहरू मुख्य निर्यात उत्पादनहरू देखिएका छन् । अक्टोबरमा मात्रै चीनको वैदेशिक व्यापार २५.२ प्रतिशतले वृद्धि भई ३०७.६६ अर्ब युआन पुगेको चीनले जनाएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज