केन्द्रिय आचारसंहीता अनुगमन समितिको निर्वाचनसँग संलग्न निकायलाई ७ बुँदे निर्देशन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

केन्द्रिय आचारसंहीता अनुगमन समितिको आइतवार बसेको बैठकले मादक पर्दा जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो । समितिका संयोजकसमेत रहनुभएका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहीत निर्वाचन सम्पन्न गराउनका लािग निर्वाचन कार्यमा संलग्न विभिन्न निकायलाई ७ बुँदे निर्देशन जारी गरिएको पनि जानकारी दिनुभयो ।

बैठकले अनुगमन अधिकृत र जिल्ला आचारसंहीता अनुगमन समितिलाई हालसम्म प्राप्त भएको आचारसंहीता उल्लंघन सम्बन्धि उजुरी र सो सम्बन्धमा सोधेको स्पष्टीकरण, उजुरीको फछ्र्यौट र कारबाहीको अवस्थासहितको प्रगति विवरण समितिमा वा आयोगमा पठाउन पनि निर्देश गरेको छ ।

ADVERTISEMENT

निर्देशनमा भनिएको छ ‘निर्वाचन कसुर तथा सँजाय ऐन २०७३ को दफा २४ को उपदफा ५ बमाजिम तथा निर्वाचन आचारसंहीता २०७९को दफा १७ बमोजिम मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मत गणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनैपनि गतिविधि गर्न नपाउने विषयमा राजनैतिक दल तथा उम्मेदवारलाई जानकारी गराइ, सो व्यवस्थाको पालना गर्न गराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने ।

विभिन्न निकायहरुले तयार गरी पठाएका निर्वाचन आचार संहिता कार्यान्वयन कार्ययोजनालाई एकिकृत गरी तयार गरिएको कार्ययोजना स्वीकृत गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने । आफ्नो कार्यक्षेत्र भित्रको कुनैपनि स्थानमा कुनै उम्मेदवार र राजनीतिक दलले अस्वभाविक गतिविधि गरेको, भोज भतेर गरेको वा हातहतियार वा निषेधित सामान लिई हिँडेको र शान्ति भंग गर्ने प्रयास भएको पाए निगरानी राखेर तत्काल जानकारी गराउनुको साथै कारवाही गर्नुपर्ने भए तत्काल कारवाही गर्न आधिकारिक निकायलाई निर्देशन दिने । निर्वाचन आचारसंहीता २०७९ पालना गर्नुपर्ने दायित्व भएका निकायहरुले आचारसंहीता विपरित काम भए त्यसको विवरण लेखि सम्बन्धित जिल्लाको आचारसंहीता अनुगमन समितिलाई पठाउने ।’

निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहीता उल्लंघन हुन नदिन आयोग सक्षम रहेका पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *