दार्चुलामा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, एक जना गम्भीर घाइते

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा (एमाले) का कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी सत्ता गठबन्धनका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् । घाइते हुनेमा नेकपा माओवादी केन्द्रका जयभानसिंह धामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीका अनुसार ३५ वर्षीय धामीको प्राथमिक स्वास्थ्य केन्द गोकुलेश्वरमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको धनगढी लगिएको छ । घाइते धामी माओवादी केन्द्र काठमाडौँ–दार्चुला सम्पर्क समन्वय समितिका अध्यक्ष हुन् ।

ADVERTISEMENT

यसअघि गत साता सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच अपिहिमाल गाउँँपालिकामा दोहोरो झडप भएको थियो । घटनापछि उक्त क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको सूचना अधिकारी शाहीले बताउनुभयो । सो क्षत्रमा नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?