गृह मन्त्रालयले संवेदनशील र अतिसंवेदनशील ठाउँको पहिचान गर्नुपर्छ : निर्वाचन आयुक्तहरु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले निर्वाचन आचारसंहीतामा कडाइ गरेका कारण उल्लंघनका घटना कम भएको बताउनुभएको छ ।
निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहीतामा निर्वाचन आयोगले कडाइ गरेका कारण निर्वाचन आचारसंहीता उल्लंघनका घट्ना कम भएको बताउनुभएको हो । उहाँले आयोग पहिले सुधारात्मक मोडलमा भएपनि यस निर्वाचनबाट दण्डात्मक रुपमा प्रश्तुत भएको बताउनु भयो ।

आयोगलाई उत्तेजित भएको आरोप लागेको भन्दै उहाँले आचारसंहीता परिपालना गराउने सन्दर्भमा आयोग संयमित रहेको बताउनु भयो । आयुक्त भण्डारीले बढी आचारसंहीता उल्लंघन हुने समय प्रचारप्रसारको समय भएको भन्दै सो अवधिलाई घटाएका कारण झनै अप्रिय घटनाहरु घट्न नपाएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘आयोग अलि उत्तेजित भयो कि भन्ने सन्दर्भमा स्वभाविक रुपमा हो आयोग अलि उत्तेजित भएको महशुस भएको छ । विभिन्न कोणबाट हामीलाई त्यो प्रतिक्रिया आएको छ । आयोग संयमित पनि असाध्यै संयमित छ । त्यो पनि हो । यदी यसरी शुरुदेखि नै आचारसंहीता कडाइका साथ कार्यान्वयन गर्छौं है हामी, पहिला हामी सुधारात्मक मोडलमा थियौँ । अब दण्डात्मक मोडलमा जान्छौँ भनेर पहिला नै हामीले घोषणा गरेर आयोगले निर्णय गरेर सबैलाई जानकारी गराएको विषयवस्तुहरु शुरु देखि नै हामी यो माहोलमा नगएको हो भने सायद आचारसंहीता उल्लंघनको थुप्रै घटना हामीसँग हुन्थे । प्रचारप्रसारको समय जम्मा १७ दिन दियौँ । यो अवधिमा झडप हुने नमिठो अवस्था सिर्जना हुने अवस्था यही हो । त्यो समयलाई नै छोट्याइदिएपछि त्यसरी आचारसंहीता उल्लंघन गर्ने, झडप हुने कम हुँदो रहेछ ।’

आयुक्त भण्डारीले आचारसंहीता उल्लंघनका १४९ वटा उजुरी निर्वाचन आयोगलाई प्राप्त भएको जानकारी दिनुभयो । त्यसमध्ये ११६ जनालाई स्पष्टीकरण सोधेको उहाँले बताउनु भयो । त्यसमध्ये ९ वटामा भने आचारसंहीता उल्लंघन भएको निर्णय आयोगले गरिसकेको उहाँले बताउनु भयो ।

ADVERTISEMENT

उहाँले ३५ वटा मिसिलको सन्दर्भमा एक/दुई दिन भित्रै निर्णय गरिने र अन्य क्रमशः निर्णय हुँदै जाने स्पष्ट पार्नुभयो । आयुक्त भण्डारीले निर्वाचन आयोगले मतदानपूर्व नै आचारसंहीता उल्लंघन भएका उजुरीहरुको सम्पूर्ण निर्णय प्रक्रिया सक्ने बताउनु भयो ।

त्यस्तै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले गृह र रक्षा मन्त्रालयले संवेदनशील र अतिसंवेदनशील ठाउँहरु पहिचान गर्नुपर्ने बताउनु भयो । विगतको निर्वाचनमा हुलदंगा भए/नभएको आधारमा मात्र संवेदनशील र अतिसंवेदनशीलको परिभाषामा राख्नु उचित नहुने उहाँको भनाइ छ ।

उहाँले मौन अवधिमा उम्मेदवारले पैसा बाँड्ने गरेको भन्दै यसलाई रोक्न ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले ¥यापिड टिम नै बनाएर मौन अवधिमा पैसा बाँड्नेहरुलाई रोक्न सकिने बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *