धुलाबारीमा पनि एभरेष्टको शाखा

Read Time = 1 min

झापा । एभरेष्ट बैंकले झापाको धुलाबारीमा १२१ औँ शाखा विस्तार गरेको छ । शाखा उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्तरूपमा गर्नुभएको हो ।

सो अवसरमा धुलाबारी उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिमल्सिना, चेम्बर अफ कमर्श धुलाबारीका अध्यक्ष रविन बस्नेत, मेचीनगर नगरपालिका १० का अध्यक्ष नारायण खनाल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो, बैंक प्रदेश १ का प्रादेशिक–प्रबन्धक जनकप्रसाद चापागाईं तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

नयाँ शाखा उद्घाटनका अवसरमा बैंकले मेचीनगर नगरपालिकाको फोहोर व्यवस्थापनको सहयोगार्थ नगरपालिकाका मेयर बुढाथोकीलाई ५० थान डस्टबिन हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज