काठमाडौं । मेरो माइक्रो फाइनान्स वित्तीय संस्था १० औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा संस्थाले अवलम्बन गरेको कार्यशैली, रणनीति, ग्राहकको माया, विश्वास, नियमनकारी निकायको मार्गदर्शन, सेयरधनीको भरोसा तथा कर्मचारीको योगदानले नेपालको लघुवित्तको क्षेत्रमा एक ब्राण्ड कायम राख्न सफल रहेको बताउनुभयो ।
नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको कम्पनीले कर्जा योजनाअन्तर्गत बिनाधितो, सामूहिक जमानी कर्जा र धितो कर्जाअन्तर्गत विभिन्न किसिमका कर्जा सेवाका साथै बीमा र रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । कम्पनीले देशका ६४ जिल्लामा एक सय ४९ शाखामार्फत् एक लाख ६१ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ । कम्पनी हालसम्म तीन अर्ब ४५ करोड बराबर निक्षेप संकलन गरी १६ अर्बभन्दा बढी कर्जा लगानी गर्न सफल भएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता