इलामको क्षेत्र नम्बर दुईलाई दुर्गम भन्नु नपर्ने बनाउछु: उम्मेद्वार डम्बरबहादुर खड्का

प्रकाश नेपाल इलाम, संवाददाता
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 3 mins

इलाम । नेपाली कांग्रेस इलामका सभापति एवं इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेद्वार डम्बरबहादुर खड्काले इलामको क्षेत्र नम्बर दुईलाई दुर्गम बाट सुगम भनेर चिनाउने बताउनुभएको छ ।

देउमाई नगरपालिकाको मंगलवारेमा आयोजित चुनाबी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफुले एकपट्क काम गर्ने अवसर पाए दुर्गमलाई पाचबर्ष भित्रमा सुगम भनेर चिनाउने गरि बिकासका योजनाहरु ल्याउने बताउनुभयो ।

नेता खड्काले बिगत लामो समय देखी एउटै ब्यक्ति निर्वाचित गरएर पठाए पनि यस क्षेत्रको बिकास नभएको भन्दै अब मतदातालाई नयाँ अनुहार चुन्ने मौका आएको समेत बताउनुभयो । खड्काले अहिलेको गठबन्धन लोकतन्त्र सुदृढीकरण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा मुलुकमा सुशासन कायम गर्न भएकाले यसपटकको निर्वाचनमा गठबन्धनले सफलता हासिल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । त्यसैले पनि उहाँले सम्पुर्ण मतदातालाई यसपटक गठबन्धनलाई सहयोग गर्न अपिल समेत गर्नुभयो ।

ADVERTISEMENT

इलाम क्षेत्र नम्बर २ मा पर्ने पश्चिमी भेगका पालिकाहरु बिकासको दष्टिकोणले निकै पछि परेको छ । जिल्लाको माङसेबुङ्ग, फाकफोकथुम, चुलाचुली गाउँपालिका र देउमाई नगरपालिका बिकासको हिसाबले निकै पछि परेका पालिकामा पर्दछन् । यस क्षेत्रमा सदरमुकामको इलाम नगरपालिका पनि पर्दछ । तर यो पालिका भन्दा अरु पालिकाको बिकासले फड्को मार्न सकेको छैन । सडक, शिक्षा, खानेपानी, बिजुलीजस्ता अत्यावश्यक सुविधाबाट सो पालिकाका बासिन्दा अझैपनि बञ्चित हुनु परेको छ । खानेपानी, स्वास्थ्य र बाह्रैमास गाडी चल्ने सडक चाहिँ यहाँको मुख्य आवश्यकता हुन् ।

यो क्षेत्रमा हिउँदभर जसोतसो गाडी चल्छ, बर्खा लागेपछि सबैतिर ठप्प हुँदै आएको छ । क्षेत्र नम्बर २, २०५६ को निर्वाचनबाट पटक पटक निर्वाचित भएका नेकपा एमालेका नेता सुबासचन्द्र नेम्वाङको क्षेत्र पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज