११.११ का लागि हिमालयनको सहकार्य

Read Time = 2 mins

काठमाडौं । हिमालयन बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच बैंकका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । योजना कात्तिक २५ गते अर्थात् नोभेम्बर ११ गतेका दिन लागू हुनेछ ।

सम्झौताअनुसार बैंकका ग्राहकले दराजको ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट कार्डमार्फत् अग्रिम भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २५ सय रुपैयाँसम्म छुट र क्रेडिट कार्डमार्फत् अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् तीन हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट प्राप्त गर्न ग्राहकले आफ्नो कार्ड ई-कमर्शका लागि सक्रिय गर्नुपर्नेछ ।

ADVERTISEMENT

ग्राहकले हिमालयन बैंकको मोबाइल बैंकिङबाट आफैं आफ्नो कार्डमा ई-कमर्श सक्रिय गर्ने सुविधा प्रदान गरेको छ । दराज ११.११ अभियानअन्तर्गत ग्राहकले छुट प्राप्त गर्न यथाशीघ्र कार्डबाट पूर्व भुक्तानी गरी सामान खरिद गर्नुपर्नेछ । सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक विजयमान नकर्मी र दराजका पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुँयालले हस्ताक्षर गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?