तराई मधेस जनता पार्टी (टाइगर्स)द्धारा निर्वाचन बहिष्कार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

भैरहवा । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै तराई मधेस जनता पार्टी (टाइगर्स) ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गरेको छ । भैरहवामा मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै ०७५ सालमा सरकारसँग भएको ११ बुँदे सम्झौता अझै कार्यान्वयन नभएको, तराई मधेसका मुद्दाहरू यथावत रहेको, मधेशवादी दलले पनि मधेशका मुद्दा बिर्सेर व्यक्तिगत स्वार्थमा लिप्त भएको उसले आरोप लगाएको छ ।

पार्टीका सचिव मेजर पाण्डेले तराई मधेशको मसिहा दाबी गर्नेहरूले तराई मधेशका मुद्दा उठाउनु पर्ने, मधेशी युवालाई सहिद बनाउँदै मुख्य मुद्दालाई बिर्सेर स्वार्थमा लागेको, मधेशका लिडर नभई डिलर बनेको आरोप लगाउनु भयो । ।

सपना र आश्वासन बाँढेर स्वार्थ पूरा गर्न सिंहदरबार गएको उहाँले बताउनु भयो । ुसरकारको आग्रहअनुसार वार्ताबाट शान्ति प्रक्रियामा आए पनि सरकारले वास्ता गरेको छैन, निर्वाचन आयोगमा दर्ता भएर निर्वाचनमा जाने इच्छा हुँदाहुँदै माग सम्बोधन नभएकोले बहिष्कार गरेका छौं,ु उहाँले भन्नुभयो। आफुहरू शान्तिपूर्ण रुपमा अन्य दलले जस्तैं राजनीति गर्न खोजेको र त्यसका लागि सरकारले सहयोग गर्नु पर्ने उहाँले बताउनु भयो ।

ADVERTISEMENT

पार्टीले कार्यकर्तामाथी लागेको झूठा मुद्दा खारेज गर्न, सहिद परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, फरार सूचीबाट हटाएर देशमा शान्तिपूर्वक बस्ने वातावरण मिलाउन, सुकुम्बासी समस्या समाधान गर्न, नागरिकताको समस्या समाधान गर्न, भ्रष्टचारीको सम्पत्ति छानबिन गरी सरकारीकरण गर्न, सविधान सम्सोधन गर्न, पूर्ण समानुपातिक निर्वाचान प्रणाली लागू गर्न, मधेशमा स्वाधिनता लागु गर्न, एमसिसी खारेज गर्न, किसानको समस्या समाधान गर्न, देशको कार्यकारिणी प्रमुख प्रत्यक्ष जनताको मतदान द्वारा चुन्न र बेरोजगारीलाई स्वदेशमा रोजगारीको ग्यारेन्टी गर्न माग गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य ध्रुव शर्माले मधेशवासीको अधिकारमाथि घात गरी सात लाखभन्दा बढी नागरिकलाई नागरिकताबाट बञ्चित गराएकोले र सुकुम्बासी समस्या समाधान गर्न पहल नगरेकोको निर्वाचनलाई बहिष्कार गरेको बताउनु भयो ।

यो पर्टीले २६ मंसिर ०७१ मा सरकार समक्ष हतियार बुझाई शान्तिवार्ता पश्चात १५ भदौ ०७५ मा गृह मन्त्रालयमा ११ बुँदे शन्ति सम्झौता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?