२० वर्षको जेल सजाए तोकिएका फरार अभियुक्त पक्राउ परेपछि ३० वर्षको जेल सजाए

दीपककुमार शर्मा बर्दिया, संवाददाता
दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बर्दिया । शौच गर्ने बहानामा जिल्ला अदालतबाटै फरार भएका कैदीलाई प्रहरीले करिब ७ वर्षि पछि पक्राउ गरेको छ ।

२०७२ साल फागुन ५ गते राती बर्दियाको ठाकुरबाबा नगरपालिका वार्डन ८ निवासी ६९ वर्षिय जोरे थापालाई घरमै सुतिरहेको अवस्थामा व्यक्तिगत रिसइबीका कारण हत्या गरेका सोहि स्थानका २४ वर्षिय टोपे भनिने अजित बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

घटना घटेको भोली पल्टै पक्राउ परेका क्षेत्रीलाई अनुसन्धान पुरा गरी कर्तव्य ज्यान मुद्धामा अदालतले २०७२ साल फागुन ३० गते १९ वर्ष ११ महिना ६ दिनको कैद सजाए सुनाएको थियो । सोहि दिन शौच गर्ने बहानामा हतकडिसहित फरार भएका बुढाक्षेत्रीलाई थुनुवा भागे भगाएकोमा थप १० वर्ष ६ महिना कैद सहित ३० वर्षको कैद सजाए अदालतले गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हिक्मतबहादुर बोहराले बताउनु भयो ।

ADVERTISEMENT

अदालतबाटै फरार भएका क्षेत्री भारतमा बस्दै आएका थिए केहि दिन पहिले मात्र उनी घरमा आएको भन्ने खवर पाएपछि प्रहरीले पक्राउ गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?