घरदैलो कार्यक्रममा प्रकाशमानलाई मतदाताकाे प्रश्नः मेलम्चीको पानी कहिले आउँछ ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं.१ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंहलाई मतदाताले मेलम्चीको पानीलाई लिएर गुनासो गरेका छन् ।

आज आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै हिँड्नु भएका सिंहलाई मतदाताले ‘मेलम्चीको पानी कहिलो आउँछ ?’ भनि प्रश्न गरेका थिए ।  मतदाताले मेलम्ची पानीको बारे गुनाशो गरेको बताउदै आफुले जनतालाई केहि समय कुरिदिन आग्रह गरेको सिंहले बताउनुभयाे ।

ADVERTISEMENT

सिहंले विगत ५ वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जित्न सफल भएको दाबी समेत गर्नुभयाे । काडमाडौं क्षेत्र नं. १ का मतदाताले आफूलाई तीन पटक विश्वाश गरेको तर सुरुको दुई पटक संविधान निर्माणमा व्यस्त रहनु परेकाले भौतिक विकाशमा त्यति समय दिन नसकेकाे उहाँकाे भनाई थियाे ।

संविधान निर्माण पछि भने यस क्षेत्रमा हरेक प्रकार विकासका गतिविधि अगाडि बढाएको सिंहले बताउनुभयाे । ‘हरेक टोल टोलमा कुनै न कुनै प्रकारको विकासको योजना पुर्‍याएको छु,’ उहाँले भन्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?