बैतडीमा निर्वाचनका लागि एक हजार ६८४ जनशक्ति परिचालन गरिने

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीमा आगामी मंसिर ४ गते हुने आमनिर्वाचनका लागि एक हजार ६८४ जनशक्ति परिचालन गरिने भएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी गरी एक हजार ६८४ जना जनशक्ति परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी माधवप्रशाद फुँयालले जानकारी दिनुभयो । जिल्लामा २१० मतदान केन्द्र रहेका छन् भने जिल्ला कारागारमा एक अस्थायी मतदान केन्द्रसमेत स्थापना गरिएको छ । यी केन्द्रमा एक हजार ६८४ जना जनशक्ति परिचालन गरिनेछन् ।

पाँच सयसम्म मतदाता भएको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, चारजना सहायक कर्मचारी, तीनजना स्वयंसेवक र एकजना कार्यालय सहयोगी खटिनेछन् भने एक हजारसम्म मतदाता भएको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, पाँचजना सहायक कर्मचारी, चारजना स्वयंसेवक र एकजना कार्यालय सहयोगी खटिने निर्वाचन कार्यालय बैतडीका प्रमुख फुँयालले बताउनुभयो । जिल्ला कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी खटिनेछन् ।

ADVERTISEMENT

मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी तीव्र पारिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले पनि सुरक्षा समितिको बैठकबाट सुरक्षा योजना तयार पारेको छ । भारतसँग सिमाना जोडिएको जिल्ला भएकाले सुरक्षा सतर्कता पनि अपनाइएको छ । निर्वाचन कार्यालयले पनि आन्तरिक तयारी तीव्र पारेको छ । निर्वाचनका लागि आवश्यक सामग्रीहरू आइपुगेका छन् भने निर्वाचनमा खटिने कर्मचारीको विवरण तयार पारेको छ ।

एक प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा एक लाख ५० हजार १५६ जना मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?