गृहमन्त्रीको चुनावी क्षेत्रबाट स्वतन्त्र उम्मेदवार खड्काको उद्घोष : म बाघ हो, देशका शत्रु खान्छु भनेर आएको छु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

भैरहवा । रुपन्देही -३ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार केशवविक्रम खड्काले कुनै पनि उम्मेदवार ठूलो सानो नहुने भएकाले राज्यले समान व्यवहार गर्नु पर्ने बताउनु भएको छ।

वहालवाल गृहमन्त्रीसहित २२ जनाको उम्मेदवारी रहेको यस क्षेत्रमा सबैलाई समान व्यवहार हुनुपर्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, 'राज्य सत्तामा भएकालाई एउटा व्यवहार नभएकालाई अर्को गर्नु भएन ।'

हालसम्म कुनै दलमा आबद्ध नभएको दाबी गर्दै खड्काले आफ्नो प्रतिस्पर्धी नै नभएको दावी गर्नुभयो । उहाँले आफूलाई बाघको संज्ञा दिँदै भन्नुभयो, ‘म बाघ हो, देशका शत्रु खान्छु भनेर आएको छु । अरु उम्मेदवार त देशलाई खाने बाघ हुन् उनीहरूले स्वजातिलाई समेत खान्छन् ।’

ADVERTISEMENT

भैरहवामा शनिवार पत्रकारसँग परिचय गर्दै उहाँले देशको शत्रु नाश गर्न कै लागि उम्मेदवारी दिएको बताउनु भयो । उहाँले निर्वाचन जित्न खर्च गर्न नपर्ने पनि बताउनु भयो । निर्वाचन आयोगले २० लाखको लिमिट दिए पनि आफ्नो १० लाख पनि खर्च नहुने बताउनु भयो ।

२०७४ सालमा समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य बन्नुभएको नेपाली कांग्रेसका नेता एवं वहालवाला गृहमन्त्री बालकृष्ण खाँण यसपटक भने यस क्षेत्रबाट प्रत्यक्ष चुनावमा होमिनुभएको छ ।

यसैगरी एमालेको समर्थन बटुलेर राप्रपाबाट पुराना नेता दीपक बोहरा चुनावी मैदानमा हुनुहुन्छ । खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ भने बोहरालाई नेकपा एमाले र जनता समाजवादी पार्टीको समर्थन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?