बैतडी । भारतमा अरिङ्गालको टोकाइबाट बैतडीका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका-६ का ३२ बर्षिय हरिभान धामी रहेका छन् ।
कामको सिलसिलामा भारतको पिथौरागढ जिल्लाको गिरेगडा भन्ने स्थानमा अरिङ्गानलले टोकेर गम्भिर घाइते भएका धामीको उपचारका लागि अस्पताल लैजादै गर्दा बिहीबार साँझ मृत्यु भएको मृतकका आफन्त खगेन्द्र धामीले जानकारी दिनुभयो ।
खाना खाएर कोठा तर्फ आउने बेला उनलाई अरिङ्गालले टोकेको थियो । सिगास-६ जडानीकोट घरभएका धामी भारतमा २ बर्ष देखी काम गर्दै आएका थिए । उनको घरमा श्रीमती र दुई छोरा छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts