स्पेसएक्सद्वारा ‘फाल्कन हेभी’ रकेट प्रक्षेपण

Read Time = 3 mins

फ्लोरिडा । अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले मंगलबार विश्वको सबैभन्दा शक्तिशाली सक्रिय रकेटमध्ये एक ‘फाल्कन हेभी’ प्रक्षेपण गरेको छ । यसमा अमेरिकी स्पेस फोर्सको उपग्रह पठाइएको छ । रकेट फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरबाट बिहान ९ः४१ मा प्रक्षेपण गरिएको थियो ।

अमेरिकी सेनाका लागि उपग्रहहरू युएसएसएफ-४४ नामक गोप्य मिसनमा अन्तरिक्षमा लगिएको छ । स्पेसएक्सले भन्यो कि रकेटको बुस्टरहरू कम्पनीको ल्यान्डिङ जोन १ र २ मा फ्लोरिडाको केप क्यानाभेरल एयर फोर्स स्टेशनमा छुट्टिए पछि अवतरण भयो । जसको भिडियो पनि सार्वजनिक भएको छ ।

युएसएसएफ–४४ जुन २०१९ पछि पहिलो फाल्कन हेभी प्रक्षेपण थियो । स्पेसएक्सले यसअघि २०१८ मा रातो टेस्ला कार र एक डमी अन्तरिक्ष यात्रीको साथ फाल्कन हेभी लन्च गरेको थियो । यस रकेटको वजन दुई स्पेस शटरको वजन बराबर छ, जसको वजन ६३.८ टन छ । यो २३० फिट लामो रकेटमा २७ मर्लिन इन्जिनहरू छन्, जसले यसलाई संसारको सबैभन्दा शक्तिशाली रकेट बनाउँछ । स्याटर्न-५ अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट थियो । स्याटर्न-५ मा १४० टन पेलोड बोक्ने क्षमता थियो । स्याटर्न-५ को सहयोगमा नासाले चन्द्रमामा खोजी गर्न धेरै मिसन पठाएको थियो ।

ADVERTISEMENT

स्पेसएक्सले पनि अक्टोबरमा आफ्नो एउटा रकेट अन्तरिक्षमा लन्च गरेको थियो । एलन मस्कको कम्पनीले रुसी अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाएको यो पहिलो पटक हो । नासा र रोसकोसमोस बीच एक सम्झौता भएको थियो, जसअन्तर्गत रूसी अन्तरिक्ष यात्रीहरूलाई यो मिसनको एक हिस्सा बनाइएको थियो । निकोल मान र जोश कासाडाले रकेटमा मिशन कमाण्डरको रूपमा स्पेसएक्सलाई साथ दिएका छन्, जबकि जापान एरोस्पेस एजेन्सी अन्तरिक्ष यात्री कोइची वाकाटा र रोसकोसमोस अन्तरिक्ष यात्री अन्ना किकिनाले पनि रकेटमा साथ दिनुभएको छ ।

उल्लेखनीय कुरा के छ भने एलन मस्क टेस्ला र स्पेसएक्सलगायत धेरै कम्पनीको मालिक बन्नुभएको छ । हालै उहाँले ४४ अर्ब डलरमा ट्वीटर पनि किन्नुभएको छ । सिईओको जिम्मेवारी उहाँ आफैंले सम्हाल्नुहुनेछ । केही समययता मस्कले विभिन्न ठूला निर्णय लिइरहनु भएको छ । ट्वीटर किनेर उहाँले सम्पूर्ण सञ्चालक समितिलाई हटाउनु भएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?