गठवन्धनका उम्मेदवार विरुद्ध आचारसंहिता विपरित पैसा बाँडेको उजुरी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

-धुवसागर शर्मा

म्याग्दी । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित बनाउन नगद बाँडेको भन्दै गठवन्धनका उम्मेदवारहरु विरुद्ध उजुरी परेको छ ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार खम्विर गर्वुजा, प्रदेश (क) का उम्मेदवार रेशमजुग्जाली सुविन र प्रदेश (ख) का उम्मेदवार हरि भण्डारी विरुद्ध मतदाता प्रभावित बनाउन रकम बाँडेको भन्दै उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवार गर्वुजाले मालिका गाउँपालिका स्थित सृजनशिल युवा क्लवलाई चुनाव चिन्ह अंकित नेपाली काँग्रेसको टिर्सट बाँडेको उजुरीमा उल्लेख गरिएको छ । त्यस्तै गठवन्धनकै प्रदेश (क) का उम्मेदवार हरि भण्डारीले बेनी नगरपालिका-६ को छाप युवा क्लवलाई रु १० हजार दिएको र प्रदेशसभा (ख) का उम्मेदवार रेशम जुग्जाली सुविनले मालिका-७ ढुनोटको साईनिङ युवा क्लवलाई रु ७ हजार नगद बाँडेको उजुरीमा उल्लेख गरिएको छ ।

ADVERTISEMENT

बेनी नगरपालिकाका लक्ष्मी निधी रिजालले गठबन्धनका उम्मेदवार विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् । काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार खम्विर गर्वुजा, माओवादीका प्रदेश (क) का उम्मेदवार हरि भण्डारी र प्रदेश (ख) का उम्मेदवार रेशम जुग्जाली विरुद्ध निर्वाचन आचारसंहिता विपरित गतिविधि गरेको भन्दै उजुरी परेको छ, आचारसंहिता अनुगमन समितिका अध्यक्ष रामभक्त रानाभाटले भन्नुभयाे, “आजै अनुगमन समितिको वैठक बसेर उजुरी उपर छलफल गर्छौँ” ।

यसअघि निर्वाचन आचारसंहिता विपरित गतिविधि गरेको भन्दै नेकपा एमोलेका उम्मेदवार विरुद्ध पनि उजुरी दर्ता भएको थियो ।

उजुरी पश्चात मुख्य निर्वाचन अधिकृतको कार्यालयले एमाले उम्मेदवारहरुलाई स्पष्टिकरण माग गरेको थियो । उजुरीको विषयमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा ख का उम्मेदवार यामबहादुर गर्वुजाले लिखित रुपमा स्पष्टिकरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनु भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा मतदातालाई प्रभावित बनाउनका लागि नगद, जिन्सीलगायत कुनै बस्तुहरु वितरण गर्न नपाईने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?