मिटर ब्याजीहरूलाई कारवाहीको माग गर्दै सप्तरीमा प्रदर्शन

Read Time = 2 mins

राजविराज । मधेश प्रदेश भरीका मिटर ब्याजीहरूलाई कारवाहीको माग गर्दै मंगलबार सप्तरी सदरमुकाम राजविराजमा मिटरब्याजी संघर्ष समिति सप्तरीले प्रदर्शन गरेका छन् ।

सयकडा ३ देखि ६ रुपैयाँ सम्म ब्याजमा ऋण लिएर तिर्न नसकेका तथा तिरेर पनि साहुहरूले को नाममा रहेको धितो वापतको घरजग्गा फिर्ता नगरेको सप्तरीमा सयौ पीडितहरूले र प्रर्दशन गरेका छन् । उनीहरूले आफ्नो घरजग्गा फिर्ता पाऊ पैसा तिरेर पनि अदालतको कागत देखाएर साहुहरूले दुख दिदै आएको सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ९ पथरगडा निवासी ४० वर्षीया ललिता देवी साहले भन्नुभयो ।

रामदेव साहलाई पक्राउ गर, प्रशासन विरुद्ध प्लेकार्ड बोकेर नारा लगाउँदै प्रदर्शनकारीहरूले जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेका छन् ।

ADVERTISEMENT

देशैभरी व्याप्त मिटरब्याजको समस्या समाधानको निम्ति सरकारद्वारा गठित मिटरब्याजी समस्या छानविन कार्यदलले काम थालेसँगै सप्तरीको मिटरब्याज पीडितहरूको संघर्ष समितिले सरकारका निकायलाई निरन्तर दवाव दिदै आएको संघर्ष समितिका सचिव छेदीलाल पासवानले बताउनुभयो ।

सप्तरीमा ११२ जना मिटरब्याजी पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?