रौतहटमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

किशन अर्याल
किशन अर्याल
Read Time = 1 min

रौतहट । रौतहटको बृन्दावन नगरपालिका-६ हर्षाहामा हिजो बेलुकी नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा रौतहटकै वौधिमाई नगरपालिका-३ इनरबारि वस्ने १८ वर्षीय जितेश राय यादवको मृत्यु भएको हो । गम्भिर घाइते भएका उनको न्युरो अस्पताल वीरगंजमा मृत्यु भएको प्रहरी चौकी हर्षाहाले जनाएको छ ।

ADVERTISEMENT

अर्का घाइतेको सोही अस्पतालमै उपचार भइरहेको छ ।

प्रदेश २-०३-०२० प ६९२४ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले हिजो बेलुकी ८ बजे ठक्कर दिएको थियो । शंकाष्पद एउटा सवारी साधनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *