खुलेन अझै कर्णाली करिडोर

फाइल तस्बिर

Read Time = 2 mins

-मानबहादुर बिश्वकर्मा
कालीकोट । गत असोज १९ गतेदेखि २६ गतेसम्म परेको अबिरल बर्षाका कारण आएको बाढीपहिरोका कारण अबरुद्ध कर्णाली करिडोर अझै खुल्न सकेको छैन् । करिडोको खुलालुदेखि हुम्लासम्मको सडक खण्डका विभिन्न भागमा आएको पहिरोले करिडोर अझै खुल्न नसकेको हो ।
गत साताको अबिरल बर्षाका कारण अबरुद्ध सडक सुचारु हुँन नसक्दा कालीकोट, बाजुरा, हुम्ला र मुगुमा दैनीक उपभोग्यका सामाग्री ढुवानीमा समस्या आएको छ । पहिरोका कारण अबरुद्ध सडकखण्ड खुलाउन अझै केही समय लाग्ने र सडक सुचारुका लागि पहिरो गइरहेको ठाउँमा तार जाली हालेर पहिरो पन्छाएर मात्रै सडक सुचारु गर्न सकिने कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।

करिडोेरका विभिन्न ठाउँमा आएको पहिरो र कालीकोट देखि बाजुरासम्मका खोला खोल्सेरामा बढी रहेको पानिका कारण पैदल हिड्ने नागरिकलाई आउतजावतमा निकै समस्या भएको नागरिकको गुनासो छ ।

ADVERTISEMENT

कालीकोटको खुलालुदेखि हुम्लासम्मको सडकखण्ड अबरुद्ध हुँदा बाजुरा, मुगु र हुम्ला जिल्लामा खाद्यान्नको अभाव हुँदै गएको छ । कर्णाली करिडोर अन्तर्गत कालीकोट देखि हुम्लासम्म करीब ९६ किलोमिटर सडक अबरुद्ध भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?