चार बालक मिलेर फेन्सी पसलबाट साढे पाँच लाख चोरी, साथमा भेटियो जम्मा ६० हजार

Read Time = 3 mins

-ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको एक फेन्सी पसलमा कोही नभएको मौका छोपी बिहीबार मध्यरातमा साढे ५ लाखभन्दा बढी नगद चोरी भएको छ ।

बेनी नगरपालिका–८,मा अवस्थित रखाल शिवानी फेन्सी पसलभित्र राखिएको नगद चोरी गरी फरार भएका चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका बालकहरू १० देखि १३ बर्ष उमेरका रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक एवं सूचना अधिकारी राजन ढकालले बताउनु भयो ।

‘चोरी भएको २४ घन्टा नबित्दै उनीहरूलाई पक्राउ गरिएको छ,‘चोरी भएको सबै पैसा भेटिएको छैन’ प्रहरी निरिक्षक ढकालले भन्नुभयो ।

चोरी गरेको पैसाले वियर, मासु किनेर खाँदै गरेको र केहीले झोलामा लिएर हिड्दै गरेको अवस्थामा विगतको पृष्ठभुमीका कारण खोजतलास गर्दा साथबाट ६० हजार नगद फेला परेको छ ।
चोरी भएको बाँकी रकमका बारेमा अझै मुख नखोलेकाले प्रनानी ढकालको भनाइ छ । चोरीमा संलग्न बालकलाई तालिम प्राप्त चोरहरुले समेत प्रयोग गरेको हुनसक्ने र चोरी भएको रकम लिएर गएको आशंका समेत गरिएको छ ।

नियन्त्रणमा लिएका चारैजना मध्यरातमा सटरको चाबी फोरेर चोरी गर्दा प्रत्यक्ष संलग्न थिए । चारजना बालकमध्ये एक पर्वत र बाँकी म्याग्दीकै रहेपनि बालक भएकाले थप अनुसन्धानपछि सुधारगृहमा पठाउने बताइएको छ ।

ADVERTISEMENT

चोरीमा संलग्न बालकको चोर्ने शैली देखेर प्रहरी नै चकित परेको छ । चारजनामध्ये मान्छे हेर्ने, पैसा बोक्ने र बाडफाँड गर्ने जिम्मेबारी नै विभाजन गर्ने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। यता तिहारको समयमा बैक तथा वित्तिय संस्था बन्द भएपछि पसलमा ब्यापार भएको आर्थिक सुरक्षित राखेर घरमा गएको अवस्थामा चोरी भएको पसलका सञ्चालकले प्रहरीलाई बताएका छन् ।

चोरीमा संलग्न बालकले पसलबाट पैसा झोलामा हालेर निस्किएको स्वीकार गरेका छन् भने केहीले ट्रकवाला, बालुवामा गाडेको जस्ता बयान दिएपनि हालसम्म बाँकी पैसा भेटिएको छैन् ।
चोरीकर्ममा लागेका बालकहरु कोही बुवा नभएका, कोही आमा नभएका रहेका छन्। चोरीमा संलग्न बालक–किशोरको समूहले विगतमा मोवाइल तथा किराना पसलमा समेत चोरी गरेका थिए ।

किराना पसलमा नगद पैसा नभेटिएपछि मदिरा र चुरोट भएपनि लिएर हिड्ने गरेको पाइएको थियो । बेनीबजारमा चोरीमा लागेका बालक लागु औषधीका पारखी रहेको पाइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?