अजिङ्गरको पेटबाट महिलाको सग्लो शव निकालियो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

जाम्बी । इन्डोनेशियाको जाम्बी प्रान्तामा एक महिलालाई अजिङ्गरले मारेर सिङ्गो शरीर निलिदिएको स्थानीय विवरणहरूमा जनाइएको छ।

रबर सङ्कलनको काम गर्ने जाराहको उमेर ५० आसपास थियो र उनी रबर खेती गरिएका ठाउँमा काम गर्न आइतबार गएकी थिइन्। तर सो रात उनी फर्केर नआएपछि खोजीका लागि टोलीहरू खटाइयो।

एक दिनपछि गाउँलेहरूले ठूलो भुँडीसहितको अजिङ्गर फेला परे। त्यसपछि उक्त सर्पलाई उनीहरूले मारिदिए र सर्पभित्र ती महिलाको शव फेला पारे।

अधिकारीहरू के भन्छन् ?

सर्पको पेटभित्र पीडित महिला थिइन्, बेटारा जाम्बीका प्रहरी प्रमुख एकेपी एस हरेफाले स्थानीय सञ्चारमाध्यमलाई भनेका छन्। उनका अनुसार ती महिलाको लगभग सग्लो शव सर्पभित्र पाइएको थियो।

उनका अनुसार पीडितका श्रीमान्‌ले आइतबार उनका कपडा र रबर खेती गरिएका क्षेत्रमा उनले प्रयोग गरेका केही सामग्री फेला परेका थिए। त्यसपछि उनले खोजीका लागि अनुरोध गरेका थिए।

उक्त पाँच मिटर लामो सर्प सोमबार देखापरेको थियो। त्यसपछि गाउँलेहरूले त्यसलाई पक्रेर मारिदिए अनि त्यसको पेट चिरिदिए। ‘पेटलाई दुई चिरा पार्दा उनीहरूले जाराहलाई भित्र फेला पारे,’ हरेफाले सीएनएन इन्डोनेशियालाई भनेका छन्।

यो घटना दुर्लभ हो। तर इन्डोनेशियामा अजिङ्गरले मानिसलाई मारेको र खाएको यो पहिलो घटना चाहिँ होइन। यस्तै प्रकृतिका दुईवटा घटना सन् २०१७ र सन् २०१८ मा प्रकाशमा आएका थिए।

ADVERTISEMENT

अजिङ्गरका विशेषता

अजिङ्गरले आफ्नो आहारालाई सिङ्गै निल्ने गर्छ। उसका बङ्गारा लचकदार लिगामेन्टहरूबाट जोडिएको हुन्छ त्यही भएर उनीहरूले ठूलो शिकारलाई आफ्नो नियन्त्रणमा पार्छन्।

एकजना विज्ञले यसअघि बीबीसीलाई बताएअनुसार अजिङ्गरले मुख्यगरी मुसा र अरू जनावरहरू खान्छन्।

तर जब तिनीहरू एउटा निश्चित आकारमा पुग्छन् उनीहरूले मुसालाई ध्यान दिँदैनन्। किनकि त्यसबाट पाउने क्यालोरी तिनीहरूका लागि पर्याप्त हुँदैन।

चुरो कुरा के हो भने तिनीहरूको शिकार जति ठूलो हुन्छ तिनीहरू पनि त्यति नै ठूलो हुन सक्छन्,ू वाइल्डलाइफ रिजर्भ्स सिङ्गापुरकी संरक्षण तथा अनुसन्धान अधिकारी मेरी रुथ लोले भनिन्।

उनीहरूले सुँगुर र गाई जत्रा ठूला जनावर पनि निल्न सक्छन्।

 

  • स्रोत:  बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज