एमालेका किस्मतसँग कति सुरक्षित छन् प्रधानमन्त्रीका विश्वासपात्र राठौर ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

-दीपककुमार शर्मा
बाँके । आसन्न मंसीर ४ हुने प्रतिनधि सभा र प्रदेश सभा निर्वाचनका लागी सत्ता गठबन्धन दलका नेताहरुको चासो बाँके क्षेत्र न ३ मा पनि देखिएको छ ।

कुनै बेला नेकपा एमालेको बलियो क्षेत्र मानिएको यो निर्वाचन क्षेत्रमा गठबन्धनबाट नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिह राठौर चुनावी मैदानमा हुनुहुन्छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका विश्वासपात्र मध्येका एक राठौर बर्दियाबाट समानुपातिक सभासद रहनुभएको थियो । उहाँ यसपटक बाँके क्षेत्र न ३ बाट निर्वाचन लड्दै हुनुहुन्छ । त्यसो त बाँके तथा बर्दिया दुवै ठाँउमा घर भएका उहाँ बर्दियामै बसेर राजनीति गर्दै आउनु भएका हुन विद्यार्थी कालमा केहि समय नेपालगञ्जमा विताउनु भएका उहाँ अध्ययनका लागी काठमान्डौ जानुभएको थियो ।

यहाँराप्रपाको तालमेलमा नेकपा एमालेले जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिलाई चुनावी मैदानमा उतारेको छ । जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगर पालिकाका २ वटा वडा समेत रहेको यस क्षेत्रमा स्थानिय तहको निर्वाचनमा दलले पाएको मतको सख्या हेर्ने हो भने गठबन्धनका उमेदवार बलियो देखिएका छन् । स्थानिय निर्वाचनमा नेपाली काँग्रेसले २५ हजार ६ सय ८९ मत प्राप्त गरेको थियो भने नेकपा एमालले २२ हजार १ सय ५९, माओवादी केन्द्रको १४ हजार ८ सय १८, राप्रपाको ४ हजार ६ सय ४१, जसपाको ४ हजार १ सय ९९, नेकपा एकिकृत समाजवादीको २ हजार ३ सय ४८ र लोसपाको १ हजार ३७ मत छ यसरी हेर्दा सत्ता गठबन्धनका किशोरसिंह राठौर १७ हजार मतले अगाडि देखिनु हुन्छ ।

यसैगरी यहाँ केही समय अघिसम्म सरकारमा रहेको जसपाबाट नयन्द्र धिताल चुनावी मैदानमा हुनुहुन्छ । स्थानिय तहको नेतृत्वमा जानकी गाउँपालिका र बैजनाथ गाउँपालिकामा नेपाली काँग्रेस र खजुरा गाउँपालिकामा नेकपा माओवादीले जितेको छ । २०७४ सालमो स्थानिय तहका निर्वाचनमा यी ३ वटै पालिकामा नेकपा एमालले जितेको थियो ।

ADVERTISEMENT

निर्वाचनमा यसै भन्न सकिने अवस्था छैन गठबन्धन दलका कार्यकर्ता र मतदाता इमान्दार भएर गठबन्धनको पक्षमा मत दिए राठौरको जित्ने सम्भावना बलियो देखिन्छ । तर सो क्षेत्रमा नेपाली काँग्रेस भित्र र माओवादी भित्र नै असन्तुष्टि देखिएको छ । त्यसको फाइदा उठाउन सके एमालेलाई फाइदा हुने देखिन्छ । तर त्यो सम्भावना कम भएको माओवादीको भनाइ रहेको छ । गएको प्रदेश सभा निर्वाचनमा पनि दुवै स्थान नेकपा एमालले जितेको थियो । नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्य लडेका चन्तराम थारु अहिले नागरिक उन्मुक्ति पार्टिबाट उमेदवार बनेपछि काँग्रेसको केही मत काटिनसक्ने आँकलन पनि गरिएको छ ।

गएको प्रतिनिधि सभामा नेपाली काँग्रेसबाट उम्मेदवार हुनुभएका बादशाह कुर्मि एसपटक प्रदेश सभामा उम्मेवारी दिनुभएको छ । स्वतन्त्र उम्मेदवारी दिनुभएका नेकपा एकिकृत समाजवादीका नेता दलबहादुर सुनार माओवादी केन्द्रमा प्रवेश गरेपछि गठबन्धन थप बलियो देखिएको छ । सुनार २०७० सालमा सोहि निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट निर्वाचन लड्दै सासद हुनुभएको थियो । २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभामा नेकपा एमालेका नन्दलाल रोकाय ३१ हजार ६ सय १ मत ल्याउदै बिजयी हुनुभएको थियो भने उहाँका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका बादशाह कुर्मिले २६ हजार ६ सय १७ मत ल्याउनु भएको थियो ।

२०७४ सालमा नेकपा एमाले र माओवादीको गठबन्धन रहेको थियो । अहिले नेकपा एमाले राप्रपासंग चुनावी तालमेल गरेको छ भने काँग्रेस , माओवादी केन्द्र , लोसपा र नेकपा एकीकृत समाजवादी गठबन्धन गरेर निर्वाचन लडिरहेका छन् ।

बाँकेमा ३ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र मध्ये यो निवाचन क्षेत्र पनि सबैको चासोको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?