पूर्वसचिव भीम उपाध्यायकी श्रीमती ‘हाम्रो नेपाली पार्टी’ बाट समानुपातिक उम्मेदवार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा प्रमुख दल र तिनका नेताहरूप्रति विष वमन गर्दै लेख्दै आउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा झन्डै दुई फलोअर्स भएका उपाध्याय आगामी निर्वाचनमा ठूला दल र शीर्ष नेता हराउ अभियानमा लाग्नुभएको छ । उहाँ सुरुदेखि नै स्वतन्त्र उम्मेदवारको पक्षमा प्रचार प्रसार गरिरहनुभएको छ ।

तर, उहाँ आफैंले भने श्रीमतीलाई समानुपातिक उम्मेदवार बनाउनु भएको छ । उहाँकी श्रीमती ललिता उपाध्याय सुमन सायमी नेतृत्वको ‘हाम्रो नेपाली पार्टी’ बाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहनुभएको खुलासा भएको छ । उहाँलाई खसआर्यतर्फ ललितपुरबाट बन्दसूचीको दोस्रो नम्बरमा सिफारिस गरिएको छ । उहाँको मतदाता नम्बर ५७८५३८३ रहेको छ । प्रमुख दल र तिनका नेताहरूको सत्तोश्राप गर्ने उपाध्यायले श्रीमतीलाई सांसद बनाउनकै लागि स्वतन्त्र उम्मेदवारको पक्षपोषण गर्ने गरेको तथ्य खुलेको हो ।

samanupatik upadhyay

ADVERTISEMENT

सुरु सुरुमा सुमन सायमी स्वतन्त्र उम्मेदवार भन्दै प्रचार प्रसारमा लाग्नुभएको थियो । तर, उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिन उहाँले काठमाडौं ८ बाट प्रतिनिधिसभा सदस्यमा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।

पूर्वप्रशासक उपाध्यायले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सुमन सायमी र बालेन्द्र साह बालेनको निकै प्रचार प्रसार गर्नुभएको थियो । सायमी काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार हुनुहुन्थ्यो। पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कार्यशैलीको उपाध्यायले विरोध गर्दै आउनु भएको छ । प्रतिनिधिसभाको निर्वाचनमा बालेनले सुमन सायमीको प्रचार गर्ने अपेक्षा उपाध्यायलाई थियो । तर बालेन कतै कुनै उम्मेदवारको पक्षमा देखिनुभएको छैन । त्यही भएर उपाध्यायले बालेनको विरोध गर्न थाल्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?