सत्यमोहन जोशीको निधनमा सिंजाद्धारा शोक बक्तव्य जारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

-विजय रावत

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले संकृतिविद् सत्यमोहन जोशीको निधनमा शोक बक्तव्य जारी गरेको छ । गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको हस्ताक्षरसहितको शोक बक्तव्यमा भनिएको छ ,“निरन्तर खोज अध्ययन अनुसन्धान मार्फत वि.स.२०२८ सालमा सिंजा सभ्यतालाई र संस्कृतीलाई विश्वकै विशाल र पहिलो सभ्यता हो भन्ने वकालत गर्दै सिंजाली भाषा सभ्यता र संस्कृतीलाई राष्ट्रियकरण गर्न उकृष्ट योगदान पुर्‍याउनु भएका सताब्दीपुरुष सत्यमोहन जोशीको दिर्घ जिवनलिला समाप्त भएको यस शोकाकुल घडीमा सिंजा गाउँपालिका मर्माहत भएको छ । ”

ADVERTISEMENT

shok baktabya
सिंजा गाउँपालिकाले संकृतिविद् सत्यमोहन जोशीको निधनमा जारी गरेको शोक बक्तव्य

उल्लेखित जारी शोक बक्तव्यमा समग्र देशले गुमाएको एक युगकै सभ्य साक्षी हुदै निकै सम्मानित जिबन जिउनुभएका उहाँले सिंजा क्षेत्रको गाउँ बस्तीमा आई यहाँको जिवन जगत साथै जिवन जिउने कला यहाँको भाषा सभ्यताको गहन अनुसन्धान गर्दै यस सिंजाली सभ्यतासंग सम्बन्धीत पुस्तक प्रकाशन गरेबापत मदन पुरस्कार प्राप्त गर्नु भएको थियो । सिंजाली खस भाषा सभ्यता र संस्कृतीलाई राष्ट्रको अमूल्य निधिकारुपमा स्थापित गर्न उहाँले खेल्नु भएको महत्वपूर्ण योगदानको उच्च सम्मानकासाथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गदैं शाकाकुल सम्पूर्ण देशभक्त नेपालीमा गहिरो समबेदना प्रकट गर्दछु, उल्लेखित जारी शोक बक्तव्यमा भनिएको छ । संस्कृतिविद् सत्यमोहन जोशीको निधनमा सरकारले कार्तिक १ गते देशभर शोक बिदा समेत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?