अख्तियारद्वारा महेन्द्रनगरका तत्कालिन नगर विकास समिति अध्यक्षसहित ३७ जनाविरुद्ध आरोपपत्र दायर

Read Time = 1 min

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालिन अध्यक्ष गोपाल रसाइली, पल्टु राना, पुष्कल चौधरी तथा मालपोत कार्यालय कन्चनपुरका तत्कालिन प्रमुख मालपोत अधिकृत र नापी कार्यालय कन्चनपुरका तत्कालीन प्रमुख नापी अधिकृतसमेत ३७ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा आरोपमा विशेष अदालतमा पत्र दायर गरेको छ ।

ADVERTISEMENT

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा दोषी पाइएपछि उनीहरूविरुद्ध अदालतमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?