पाल्पामा डुवेर दुुई जनाको ज्यान गयो

हिमालय टाइम्स कालिकोट, संवाददाता

सांकेतिक तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

-रामचन्द्र रायमाझी

पाल्पा । पाल्पामा डुवेर दुई जनाको ज्यान गएको छ । यहाँका छुुट्टाछट्टै स्थानमा डुुवेर दुई जनाको ज्यान गएको हो ।

जिल्लाको तानसेन नगरपालिका-२ नारायणस्थानस्थित पोखरीमा डुवेर एक बालकको ज्यान गएको छ । आइतबार दिउँसो पोखरीमा पौडी खेल्न गएका तानसेन-६ टुुँडिखेल नजिकै बस्ने शेषकान्त पराजुलीका १२ वर्षीय छोरा सुजल पराजुलीको ज्यान गएको हो ।

पोखरीमा डुवेका पराजुलीलाई अस्थायी प्रहरी विट नारायणस्थानबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा उद्दार गरी युनाइटेड मिसन अस्पताल पुर्‍याइएको थियो । अस्पताल लगिएकोमा उनलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यहाँ यसअघि पनि पौडी खेल्ने क्रममा धेरै जनाले ज्यान गुमाइसकेका छन् ।

ADVERTISEMENT

यस्तै कालीगण्डकी नदीमा डुवेरको अवस्थामा बेवारिसे शव फेला परेको छ । पाल्पाको रम्भा गाउँपालिका-१ अर्सेदीस्थित कालीगण्डकी नदी किनारमा बेवारिसे शव फेला परेको हो ।

आइतबार विहान शव सडे गलेको अवस्थामा अन्दाजी १४/१५ वर्ष उमेरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव गलेको अवस्थामा रहेकाले लिङ्ग पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुुभयो । नदी किनारमा सडेको अवस्थामा शव भेटिएको स्थानीयले जानकारी गराए लगत्तै प्रहरी चौकी हुँगी र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले प्रारम्भीक अनुसन्धानपछि शवलाई पोष्टमार्टका लागि रामपुर अस्पताल पठाएको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?