बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीका ६ जना माओवादीको चुनाव चिन्हमा लड्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीले ६ सिट पाएको छ । जसमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य छन् । नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर चुनावमा गएको छ । सत्तारूढ गठबन्धनले सिट बाँडफाँड गर्दा नेपाल समाजवादी पार्टीलाई सात सिट छुट्याएको र त्यो माओवादी कोटामा परेको छ ।

ADVERTISEMENT

माओवादीले गठबन्धनमा पाएको प्रतिनिधिसभाको सिटमध्ये दुई बाबुरामको पार्टीलाई दिएको छ । जसमा महिन्द्रा राय यादव सर्लाही २ र मानुषी यमी भट्टराई काठमाडौं ७ बाट उम्मेदवार बन्नुभएको छ ।
यस्तै, माओवादीले प्रदेशसभाको चार सिट पनि उपलब्ध गराएको छ । प्रदेशसभाअन्तर्गत गंगानारायण श्रेष्ठ सिन्धुली २ (ख), फणीन्द्र देवकोटा गोरखा २ (क), चिनक कुर्मी नवलपरासी पश्चिम २ (क) र सुनिल साह सर्लाही २ (क) बाट उम्मेदवार बन्नुभएको छ । यसपटक बाबुराम भने उम्मेदवार बन्नुभएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?