बेलायतकी नर्समाथि ७ जना शिशुको हत्या र १० को हत्या प्रयासको अभियोग

Read Time = 1 min

लन्डन । बेलायतमा नवजात शिशुको वार्डमा कार्यरत एक नर्सलाई सात शिशुको हत्या र अन्य १० जनाको हत्या प्रयास गरेको अभियोगमा मुद्दा चलाइएको छ ।

३२ वर्षीया लुसी लेट्बीले सन् २०१५ र जुन २०१६ को बीचमा पाँच बालक र दुई बालिकाको हत्या गरेको र अर्को पाँच बालक र पाँच बालिकाको हत्या प्रयास अस्वीकार गरेकी छिन् ।

ADVERTISEMENT

उनीमाथि उत्तरपश्चिम इंगल्यान्डको चेस्टरको काउन्टेस अफ चेस्टर अस्पतालमा हत्या गरेको आरोप छ । उक्त अस्पतालमा उनले काम गरेकी थिइन् ।

सन् २०१५ को मध्यदेखि १२ महिनामा दुई बालबालिकालाई इन्सुलिनको विष सेवन गराएको एउटा समीक्षामा देखाइएको । ‘केवल व्यावहारिक निष्कर्ष कोर्न सकिन्छ कि यो जानाजानी गरिएको थियो’ उक्त मुद्दासँग सम्बन्धित वकिल निक जोनसनले भने ।
-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?