बुद्ध एयर पब्लिक कम्पनीमा नजाने

Read Time = 3 mins

काठमाडौं । बुद्ध एयर पब्लिक कम्पनीमा नजाने भएको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयर पैसाका लागि पब्लिक कम्पनीमा नजाने बताउनुभएको हो । सोमबार काठमाडौंमा कम्पनीको २५ औं वर्ष पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘बुद्ध एयर पैसाका लागि पब्लिक कम्पनीमा जाँदैन, फण्ड जम्मा गर्न बुद्ध एयरलाई पब्लिक कम्पनीमा जानुपर्ने आवश्यकता छैन ।’ तथापि २५ वर्ष सफलतासाथ अघि लैजान व्यवस्थापकीय निरन्तरताका लागि पब्लिक कम्पनीमा जानुपर्ने आवश्यकता परे जान पनि सकिने उहाँको भनाइ छ । बुद्धले छिट्टै तीन एटिआर जहाज थप गर्ने भएको छ ।

‘बुद्ध एयर पैसाका लागि पब्लिक कम्पनीमा जाँदैन, फण्ड जम्मा गर्न बुद्ध एयरलाई पब्लिक कम्पनीमा जानुपर्ने आवश्यकता छैन ।’

ADVERTISEMENT

बुद्धले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्लीका लागि दैनिक दुई उडान तथा नेपालगञ्जबाट पनि सोही संख्यामा उडान अनुमति नेपाल नागरिक उड्डयन प्राधिकरणसँग माग गरिएको र अन्तर्राष्ट्रिय उडान एटिआर ७२ जहाजबाटै गरिने जनाएको छ । बुद्ध एयरका निर्देशक आस्था बस्नेत थापाले हवाई सुरक्षा र सेवा गुणस्तरमा कुनै सम्झौता नगरिने बताउँदै तीनवटा एटिआर जहाज भित्र्याएर कम्पनीको गन्तव्य विस्तार गरिने जानकारी गराउनुभयो । बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले हाल कम्पनीले दैनिक एक सय ५० बढी उडानमार्फत् आठ हजार हाराहारी यात्रुलाई सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

नेपालको निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयर सोमबार स्थापनाको २५ औं वर्ष पूरा गरी २६ वर्षमा प्रवेश गरेको हो । बुद्ध एयरले ११ अक्टोबर १९९७ मा पहिलो व्यावसायिक उडान काठमाडौंबाट माउन्टेन फ्लाइट, पोखरा र विराटनगरका लागि गरेको थियो । एउटा जहाजबाट सुरु गरेको उडान यात्रामा हाल १६ वटा जहाज थपेको बुद्धले ५६ प्रतिशत बजार हिस्सा ओगटेको जनाएको छ । कम्पनीले सन् २०२१ मा मात्रै २० लाख ३२ हजार यात्रुलाई सेवा प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?