चितवनमा तीन सिटका लागि ५८ जनाको उमेदवारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

चितवन । चितवनमा प्रतिनिधिसभा सदस्यमा तीन सिटका लागि ५८ जनाको उमेदवारी परेको छ । चितवन १ मा २० जनाको उमेदवारी परेको छ ।

एमालेबाट सुरेन्द्र पाण्डे, कांग्रेसबाट विश्वनाथ पौडेल, कांग्रेसबाट बागी राजेन्द्रप्रसाद बुर्लाकोटी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकालले उम्मेदवारी दिएका छन् । प्रदेश सभातर्फ क्षेत्र नम्बर १ (क) मा ११ जना र १ (ख)मा नौजनाको उम्मेदवारी परेको छ ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा १८ जनाको उमेदवारी परेको छ । कांग्रेसबाट उमेश श्रेष्ठ, एमालेबाट कृष्णभक्त पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयाे ।

ADVERTISEMENT

प्रदेश सभा सदस्यतर्फ क्षेत्र नम्बर २ (क)मा ८ जना र क्षेत्र नं २ (ख)मा १४ जनाको उमेदवारी परेको उहाँले बताउनुभयाे ।

क्षेत्र नम्बर ३ मा २० जनाको उम्मेदवारी परेको छ । एमालेबाट रामप्रसाद न्यौपाने, माओवादी केन्द्रबाट डा. भोजराज अधिकारी, कांग्रेसबाट बागी दिनेश कोइराला र कांग्रेसबाट कारबाहीमा परेका जगन्नाथ पौडेलले उम्मेदवारी दिनु भएकाे छ । राप्रपाबाट विक्रम पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिता बरालले उमेदवारी दिनुभएकाे छ । प्रदेश सभा सदस्यतर्फ क्षेत्र नम्बर ३ (क)मा आठ, क्षेत्र नम्बर ३ (ख) मा नौजनाको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?