कांग्रेसका यि ठाउँमा परे बागी उम्मेदवार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । कांग्रेसमा सबैभन्दा बढी बागी उम्मेदवारी परेको छ । गठबन्धनबाट उम्मेदवार बन्नुभएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ १ मा दुई जनाले बागी उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र विश्व बास्तोलाले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

निवर्तमान सांसद अमरेशकुमार सिंहले सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेसले सर्लाही ४ मा नागेन्द्र रायलाई टिकट दिएपछि सिंह बागी उम्मेदवार बन्नुभएको हो ।

प्रधानमन्त्री पत्नी आरजु राणाका स्वकीय सचिव प्रकाश देउवाविरुद्ध कैलाली ५ (ख) मा कांग्रेस महासमिति सदस्य क्षितिज भण्डारी विद्रोही उम्मेदवार बन्नुभएको छ ।

ADVERTISEMENT

धादिङ–२ मै केन्द्रीय सदस्य रमेश धमलाले बागी उम्मेदवारी दिनुभएको छ । पार्टीले रामनाथ अधिकारीलाई टिकट दिएपछि धमलाले बागी उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यस्तै कांग्रेस नेता देवी बुर्लाकोटीले प्रदेशसभातर्फ बागी उम्मेदवारी दिनुभएको छ। कांग्रेस नेता हरिमोहन भण्डारीले बैतडीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले प्रदेश सभा (क) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?