उत्तर कोरियाद्वारा दुईवटा व्यालिष्टिक मिसाइल प्रहार

यो दुई साताको अवधिमा सातौं परीक्षण

फाइल तस्बिर

Read Time = 1 min

सिउल । उत्तर कोरियाले दुईवटा व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । अमेरिकी नेतृत्वको सैन्य अभ्यासलाई लिएर कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला उत्तरले दुईवटा व्यालिष्टिक मिसाइल प्रहार गरेको हो ।

ADVERTISEMENT

उत्तर कोरियाको दक्षिणपूर्वी क्षेत्रबाट मिसाइल प्रहार गरिएको दक्षिण कोरियाको सेनाको जोइन्ट चिफ अफ स्टाफले जनाएको छ । यो दुई साताको अवधिमा सातौँ परीक्षण हो । परीक्षणबारे थप जानकारी भने दिइएको छैन । ‘हाम्रो निगरानी र सतर्कतालाई सुदृढ गर्दै गर्दा हाम्रो सेनाले अमेरिकासँग नजिकको सहयोगमा पूर्ण तत्परता कायम राखेको छ’, जोइन्ट चिफ अफ स्टाफले विज्ञप्तिमा भनेको छ । जापानका रक्षामन्त्री तोसिरो इनोलाई उद्धृत गर्दै रोयटर्सको रिपोर्टअनुसार दुवै मिसाइल १०० किलोमिटरको उचाइमा पुगेका थिए । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?