इरानको सरकारी टेलिभिजन समाचार प्रसारणमा ह्याक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

तेहरान । इरानको राज्य-संचालित टेलिभिजन लाइभ प्रसारणमा ह्याक भएको छ । शनिबार समाचार प्रसारण भइरहँदा देशका नेताविरुद्ध विरोधसहित समाचार बुलेटिन अवरुद्ध भएको थियो ।

लाइभ समाचार प्रसारण हुँदा टेलिभिजनको स्क्रिनमा एक मास्क देखा परेको थियो । त्यसपछि सर्वोच्च नेता अली खामेनीको तस्बिर उनको वरिपरि आगोको मुस्लो देख्न सकिन्थ्यो ।

महसा अमिनीको मृत्युलाई लिएर देशमा सुरक्षा बल र प्रदर्शनकारीबीच झडप हुँदा कम्तिमा तीन जनाको गोली हानी हत्या भएको छ । अमिनीलाई कपाल राम्ररी नढाकेको आरोपमा नैतिकता प्रहरीले तेहरानमा पक्राउ गरेको थियो ।

ADVERTISEMENT

२२ वर्षीया इरानी कुर्दको पक्राउ परेको तीन दिनपछि अर्थात १६ सेप्टेम्बरमा हिरासतमै मृत्यु भएको थियो । उनको मृत्युपछि देशव्यापी अभूतपूर्व विरोध प्रदर्शन भएका छन् ।

स्थानीय समयअनुसार शनिबार ६ बजे समाचार बुलेटिन प्रसारण हुँदा ह्याक भएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज