लोकमार्गको निसी खण्ड क्षतविक्षत, खुल्न अझै केही दिन लाग्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

-डम्मर बुढा मगर

बागलुङ । निरन्तर परेको वर्षाको कारण मध्यपहाडी लोकमार्ग अन्तरगत बुर्तिबाङ-पूर्वी रुकम खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक खण्डको निसीखोला गाउँपालिका-४ जिरीखोला, कालापैराखोला लगायत दर्जनौँ स्थानमा माथिदेख झरेको पहिरोले सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् ।

बुर्तिबाङ बजारदेखि छोटो तथा लामो दूरीमा संचालन हुने सवारी साधानसमेत ठप्प बनेका छन् । लोकमार्गमा बिहीबारदेखिनै सवारी साधानहरू ठप्प भएका छन् भने आधा दर्जन गाडीहरु पहिरोमै फसेका छन् । पहिरोमा फसेका सवारी साधान निकल्ने प्रयास भए पनि निरन्तर वर्षा भइरहेको हुँदा निकाल्न नसकिएको बस चालक प्रकाश सेन्चुरीले बताउनुभयो ।

उहाँले आफू ३७ जना यात्रु लिएर रुकुमदेखि काठमाडौँ हिँडेको भन्दै कालापैराको पहिरोमा फसेको बताउनुभयो । सेन्चुरीले दशैँ मनाएर काठमाडौँ फर्किएका यात्रु लिएर आएको बताउनुहुन्छ । ‘दशैँको अघिल्लो दिनदेखि परेको पानीले सडक हिलाम्मे बनाएको छ, मेरो गाडी पहिरोमा फसेको दुई दिन हुन लाग्यो, ३७ जना प्यासेन्जर लिएर काठमाडौँ हिँडेको पहिरोमा गाडी फसेर तनाव भयो’ उहाँले भन्नुभयो ।

रुकुमदेखि काठमाडौँ हिड्नु भएका प्रेम पुन मगरले पहिरोका कारण आफूहरु अलपत्र परेको बताउनुभयो । उहाँले सानो बजार नजिकै पहिरोमा गाडी फसेपछि बास पाउन समेत मुस्किल परेको बताउनुभयो । घर्ती भन्नुहुन्छ- ‘यस्तो समस्यामा परिन्छ भनेको भए त पानी बिदो भएपछि हिड्ने थियौँ, काठमाडौँ पुग्न हतार थियो र हिडियो, अहिले बीच बाटोमा अलपत्र परियो, यो पहिरो कहिले पन्छ्याएर बाटो खुलाउने हो, पानी परि रहेको छ, गाह्रो हुने भयो ।’

पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध हुँदा जिरीखोला र कालापैरा खोलाको पहिरो छेउमा सयौँको संख्यामा यात्रुहरू अलपत्र छन् । लोकमार्गको वैकल्पिक सडक पनि ठप्प हुँदा यात्रुहरू समस्या पर्नु परेको स्थानीय मनप्रसाद पौडेलले बताउनुभयो । उहाँले लोकमार्गभन्दा पारी पट्टीको सडक खुलेको भए यात्रुहरु यसरी सडकमा अलपत्र पर्नु पर्ने बताउनुभयो ।

ADVERTISEMENT

‘गाउँपालिकाले पारी पट्टीको सडक संचालन गर्नु पथ्र्यो, अहिले यसरी सयौँ मान्छेहरू बीच बाटोमा अलपत्र पर्नु परेको छ, पारीको सडक खुलेको भए त बुर्तिबाङ त पुग्न सक्थे नि’ पौडेलले भन्नुभयो ‘यो सडक खुल्ने कहिले हो, नखुल्दासम्म यात्रुहरुलाई धेरै समस्या हुने भयो, खुलाउने प्रयास त गरेका छन्, कति बेला खुल्ने हो अब ?’

बुर्तिबाङदेखि रुकुम र रुकुमदेखि काठमाडौँ, बागलुङ, पोखरा जाने गाडीहरू लोकमार्गको छेउछाउमा रोकिएका छन् भने यात्रुहरू भोकले याकुलब्याकुल बनेका छन् । नजिक होटल तथा पसल नहुँदा आफूहरुले समस्या भोग्नु परेको यात्रु गोमा सुनारले बताउनुभयो । उहाँले पैसा भएर पनि होटल पसलहरु नजिक नहुँदा भोकै बस्नु परेको बताउनुभयो ।

‘निकै समस्यामा परियो, दसैँ मानेर मात्रै पोखरा हिँडेको, पोखरामा आफन्तहरु हुनुहुन्छ, टिका लगाउन जान थालेको, हिँजो दिउसोदेखि यहाँ आएर रोकिएको अहिलेसम्म यहीँ छौँ, नजिकमा होटल पसल पनि भेटिएन, भोकले मर्न लागियो, डोजरले बाटो खुलाउन त लागेको छ, यहाँ मात्रै रैनछ पहिरो धेरै ठाउँमा गएको रैछ’ सुनारले भन्नुभयो ।

निसीखोला गाउँपालिका–४ का वडा अध्यक्ष टिकानिधी पौडेलले सडक खुलाउने प्रयास गरि रहे पनि वर्षाले गर्दा पहिरो खसिरहेको बताउनुभयो । उहाँले केही स्थानको पहिरो पन्छ्याए पनि अझै केही स्थानमा हटाउन बाँकी रहेको बताउनुभयो । वर्षा नरोकिँदा निरन्तर पहिरो झरि रहेको उहाँको भनाइ छ ।

‘हिजोदेखिनै हामीहरूले सडक खुलाउन थालेका थियौँ, हिँजो केही ठाउँमा खुलाएका थियौँ, रातभरीको वर्षाले फरि पहिरो झरेर सडक अवरुद्ध बनाएको छ, हामीहरु निरन्तर छाता ओढेर भए पनि सडक खुलाउन लागि रहेका छौँ’ अध्यक्ष पौडेलले भन्नुभयो, ‘वर्षानै रोकिएन, यसले थप समस्या बनायो, यात्रुहरुलाई पनि निकै समस्या भएको छ, पानी रोकियो भने त सडक खुलाउन धेरै समय लाग्ने थिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?