डेंगु संक्रमणको कारण मृत्युहुनेको संख्या ४१ पुग्यो, संक्रमित ३१ हजारमाथि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । डेंगु संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म डेंगुका कारण ४१ जनाको ज्यान गएको छ ।

डेंगुका संक्रमितको संख्या भने ३१ हजार नाघेको छ । पानी परिरहेकाले डेंगु अझै फैलिन सक्ने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

ADVERTISEMENT

सात प्रदेशअन्तर्गतका ७६ जिल्लामा डेंगु फैलिएको छ। ३१ हजार १ सय ३ जना डेंगु संक्रमित भएका छन्। सबैभन्दा बढी डेंगु संक्रमित काठमाडौँ उपत्यकामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *