किन विवादित हुने गरेको छ शान्तितर्फको नोबेल पुरस्कार ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । सन् १९०१ मा पहिलो पटक वितरण गरेदेखि नै शान्तिका लागि नोबेल पुरस्कार विवादमा तानिंदै आएको छ । ६ विधामध्ये शान्तितर्फको पुरस्कार सबैभन्दा धेरै आलोचित हुने गरेको छ । सन् १८९६ मा आफ्नो मृत्युपछि स्वीडेनी उद्योगपति अल्फ्रेड नोबेलले शान्तिसहित विभिन्न विधामा पुरस्कार वितरण गरिन्छ ।

प्रस्तुत छ अहिलेसम्म विवादमा तानिएका नोबेल शान्ति पुरस्कार-

बाराक ओबामा
सन् २००९ मा अमेरिकी राष्ट्रपति बराक ओबामाले नोबेल शान्ति पुरस्कार पाउँदा उनी आफैलाई पत्यार लागेको थिएन् । सन् २०२० मा ओबामाले आफ्नो आत्मवृत्तान्तमा समेत ’केका लागिरु’ भनेर प्रतिक्रिया जनाएका छन् । उनी पदमा पुगेको नौ महिना दिइएकोले आलोचकहरूले त्यसलाई अपरिपक्व निर्णय बताएका थिए । मनोनयन दर्ता गर्ने समय उनले शपथ लिएको १२ दिनमा सकिएको थियो। ओबामाले आफ्नो दुई वर्षे कार्यकालमा अफगानिस्तान, इराक र सिरियामा सेना तैनाथ थिए।

यासेर अराफात
प्यालेस्टिनी पूर्व नेतालाई सन् १९९४ मा इजरेली प्रधानमन्त्री इत्ज्याक रबिन र इजरेली विदेश मन्त्री सिमोन प्यारेससँगै नोबेल शान्ति पुरस्कार दिइएको थियो । ओस्लो सम्झौताका लागि सो पुरस्कार दिइएको थियो। सम्झौताले इजरेल–प्यालेस्टेनी द्वन्द्वलाई समाधानको एउटा आशा देखाएको थियो । अर्धसैनिक गतिविधिमा संलग्न रहेका अराफातलाई सो पुरस्कार दिने निर्णयको इजरेल र देशबाहिर पनि आलोचना गरियो। उनको नामको मनोनयनको विरोधमा नोबेल कमिटीका एक सदस्य ले राजीनामा नै दिएका थिए।

आङ सान सुकी
बर्मेली नेत्री सुकीले त्यहाँको सैन्य शासनविरुद्ध अहिंसात्मक आन्दोलका लागि सन् १९९१ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन् । तर, २० वर्षपछि उनी सोही पुरस्कारका कारण आलोचित बनिन् । आफ्नो पार्टी र आफू सरकारमा हुँदा अल्पसंख्यक मुस्लिम रोहिन्ज्याहको हत्या र गम्भीर मानवअधिकार हनन विरुद्ध उनी एक शब्द नबोलेको उनीमाथि आरोप लागेको थियो ।उनको पुरस्कार खोसिनुपर्ने माग उठेको थियो ।

ADVERTISEMENT

आबी अहमद

सन् २०२० को डिसेम्बरमा इथियोपियाका प्रधानमन्त्रीलाई प्रदान गरिएको पुरस्कार पनि विवादमा तानिएको थियो । इरिट्रियासँग लामो विवाद समाधान गर्न उनले चालेको कदमका लागि सो पुरस्कार दिइएको थियो । उनलाई दिइएको सम्मानको पनि आलोचना भएको थियो । अहमदले देशको उत्तरी टिग्रे क्षेत्रमा फौज पठाएको भन्दै अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको थियो । टिग्रेमा भएको युद्धमा हजारौंको मृत्यु भएको थियो ।

वाङगारी मादाई
केन्याकी दिवंगत अभियानकर्मी बाङगारी मादाईले सन् २००४ मा पाएको नोबेल पुरस्कार पनि बिबादमा तानिएको थियो । सो पुरस्कारले सम्मानित हुने उनी पहिलो अफ्रिकी महिला हुन् । उनले एचआईभी र एड्सका विषयमा दिएको हल्का प्रतिक्रियाका कारण उनी पनि विवादरहित बन्न सकिनन् । मादाईले एचआईभी भाइरस जैविक हतियारका रूपमा प्रयोगशालमा बनाइएको र त्यो अश्वेत मानिसलाई निर्मूल गर्न बनाइएको टिप्पणी गरेकी थिइन् ।

हेनरी किसिन्जर
सन् १९७३ मा तत्कालीन अमेरिकी विदेश मन्त्री हेनरी किसिन्जर पनि यो पुरस्कारबाट सम्मानित भएका थिए । विदेश नीतिका केही विवादित घटनाक्रममा संलग्न भएका व्यक्तिलाई पुरस्किृत गरिएको भन्दै उनको अमेरिकामा नै विरोध भयो । उत्तर भियतनामी नेता ले डक थो सँगै भियतनाम युद्धलाई विराम गराउन महत्वपूर्ण योगदान दिएको भन्दै हेनरीलाई सम्मान गरिएको थियो । कम्बोडियामा भएका गोप्य बम हमला र दक्षिण अमेरिकाका तानाशाह शासकलाई सहयोग गरेको उनीमाथि आरोप लागेको थियो । न्यूयोर्क टाइम्स पत्रिकाले त्यसलाई ’नोबेल युद्ध पुरस्कार’ भनेर टिप्प्णी गरेको थियो ।

गान्धीले नपाउँदा आलोचना
अहिंसाबादी नेता महात्मा गान्धीको नाम धेरै पटक नोबेल शान्ति पुस्कारका लागि मनोनयमा पर्दा समेत उनले पुरस्कार पाएनन् । तत्कालीन रूपमा शान्ति पुरस्कार छनौट समितिका अध्यक्ष तथा इतिहासविद् गेर लुन्डसेडले गान्धीको उपलब्धिलाई सम्मान गर्न नसक्ने काम नोबेल इतिहासको सबैभन्दा ठूलो भूल भएको बताएका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज