ठाडा दहमा डुवेर एकजनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा रहेको डमरु दहमा डुवेर एक व्यक्तिको ज्यान गएको छ ।

दहमा डुवेका शितगंगा-३ दह निवासी ३७ वर्षिय खिम बहादुर नेपालीको घटनास्थलमै ज्यान गएको हो ।

विहान करिव ८ बजेतिर दहमा पसेका नेपालीलाई ईलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली र स्थानियले पानी मुनि हिलोमा गडेको अवस्थामा उद्धार गरेका थिए ।

ADVERTISEMENT

उद्धार गर्नासाथ नेपालीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पुर्‍याईएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएका कारण मृत घोषणाको लागि भएपनि अन्यत्र पठाउने तयारी गरिएको छ ।

पानी मुनीबाट उद्धार गरिएका नेपालीको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मीले बताउनुभयाे । 'यहाँ चिकित्सक हुनुहुन्न, चिकित्सकले घोषणा नगरेसम्म मृत भन्न मिल्दैन, रेग्मीले भन्नुभयाे, 'तर उहाँ जिवित भने हुनुहुन्न ।'

नेपालीको परिवारमा आमा, श्रीमती र दुई छोरी छन् । श्रीमती भने रोजगारीको क्रममा भारतमा रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?