काबुल विस्फोटः परीक्षार्थीसहित १९ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काबुल । अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा ट्युसन सेन्टरमा भएको आत्मघाती आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । आक्रमणमा अधिकांश महिला विद्यार्थी, प्रहरी र प्रत्यक्षदर्शीहरू छन् । सहरको पश्चिममा रहेको दस्त-ए-बर्ची क्षेत्रमा रहेको काज शिक्षा केन्द्रमा भएको झडपमा अन्य ३० जना घाइते भएका छन् ।

बम हमला हुँदा विद्यार्थीहरुले परीक्षा दिइरहेका थिए । आक्रमणको कुनै समूहले जिम्मा लिएको छैन ।

ADVERTISEMENT

आक्रमण भएको क्षेत्रमा अल्पसंख्यक हजराजको बाहुल्यता छ , जसलाई बारम्बार इस्लामिक स्टेट (आइएस) लडाकुले निशाना बनाइरहेका छन् । स्थानीय टिभी र सामाजिक सञ्जालमा सेयर गरिएको फुटेजमा नजिकैको अस्पतालमा शवहरू भुइँमा छरपस्ट फैलिएको देखिन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज