देश संकटमा पर्दा कांग्रेसको आवश्यकता : डा. भण्डारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

-रमेश विश्वकर्मा

गुल्मी । नेपाली कांग्रेसका नेता एवम् संविधान सभा सदस्य डा. चन्द्र भण्डारीले देश संकटमा पर्दा जहिले पनि कांग्रेस पार्टीको आवश्यकता पर्ने बताउनुभएको छ । नेपाल महिला संघ प्रदेशसभा क्षेत्रीय कार्यसमिति गुल्मी क्षेत्र नं. १ (ख) को आयोजनामा लैङ्गिक विभेद, महिला सशक्तिकरण र नेतृत्व विकास सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रममा बोल्दै नेता भण्डारीले जुनसुकै समयमा पनि देश अप्ठ्यारो परेको बेलामा देशमा कांग्रेस पार्टी नै आवश्यकता रहेको बताउनुभएको हो ।

‘देशमा हरेक किसिमका समस्या आईपर्दा समस्या समाधानमा कांग्रेस पार्टीको आवश्यकता रहेको देखिन्छ ।’ उहाँले भन्नुभयो, ‘२०७४ सालको निर्वाचनमा देशैभरबाट कम्युनिष्ट पार्टीले बहुमत प्राप्त गरे तर आन्तरिक कलहका कारण पुरा कार्यकाल देशमा सरकार सञ्चालन गर्न सकेनन् । उनीहरुले हाम्रो पार्टीका सभापति शेरबहादुर देउवालाई गुहार मागे ।’ देशमा स्थिरता कायम गर्न र संविधानको रक्षा गर्न पार्टी सभापति देउवाको नेतृत्वमा सरकार बनेको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

‘पहिलो संविधानसभा असफल भएको र दोस्रो संविधानसभाको चुनावपछि सुशील काईरलाको नेतृत्वमा संविधान निर्माण गरिएको हो ।’ उहाँले भन्नुभयो, ‘महिलाको हक अधिकार तथा सशक्तीकरण एवं नेतृत्व विकास गर्न संविधानमा समावेशीता ल्याईएको छ ।’ पछाडि परेको समुदाय सहित महिला र दलितलाई अगाडि बढाउन संविधानले ठुलो योग्दान पुर्याएको नेता भण्डारीले बताउनुभयो । महिलाको योग्दान अर्थपूर्ण रहने हुनाले महिलालाई जिम्मेवारी दिनुपर्ने उहाँको भनाइ रहेको छ ।

कार्यक्रममा नेपाली कांग्रेस गुल्मी सभापति खिलध्वज पन्थी, जिल्ला समन्वय समिति गुल्मीका समन्वय प्रमुख द्रोण बहादुर खत्री, कांग्रेसका जिल्ला उपसभापति अनन्तराम पौडेलले जबसम्म महिलाहरूको नेतृत्व विकास हुँदैन, तबसम्म देश बिकास हुन नसक्ने बताउनुभयो ।

महिला संघ, प्रदेश १ (ख) की सभापति उर्मिला आचार्य नेपालीको सभापतित्वमा भएको कार्यक्रममा प्रशिक्षक सुमित्रा मगराँती, पार्टी जिल्ला सचिव जगदीश भट्टराई, क्षेत्र नं. १ का सभापति पारिश्वर ढकाल, महासमिति सदस्य धना भण्डारी, महासमिति सदस्य धर्नेन्द्र कार्की, जिल्ला कार्य समिति सदस्य धातानन्द भण्डारी, झविन्द्र विक, प्रदेश १ (क) सभापति सन्तोष गौतम, प्रदेश १ (ख) सभापति हरि प्रसाद अर्याल, महिला नेतृ राधिका न्यौपाने लगायतका नेताहरूले महिला अधिकार र नेतृत्वका बिषयमा बोल्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?