जर्जिया मेलोनी इटलीको पहिलो महिला प्रधानमन्त्री बन्दै

Read Time = 1 min

रोम । इटालीमा सम्पन्न चुनावमा अति दक्षिणपन्थी पार्टी ब्रोदर्स अफ इटाली विजयउन्मुख छ र सो पार्टीकी नेतृ जर्जिया मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्ने बाटोमा हुनुहुन्छ । निर्वाचनपछिको मत सर्वेक्षणहरूले उहाँको पार्टी विजयउन्मुख देखाएको हो ।

कन्सोर्जियो ओपिनियो इटालिया पुल फर राइको मत सर्वेक्षणअनुसार दक्षिणपन्थी गठबन्धनले ४१-४५ प्रतिशत र वाम गठबन्धनले २५-२९ प्रतिशत मत ल्याएको छ । सन् २०१८ को निर्वाचनमा उहाँको पार्टी ब्रोदर्स अफ इटालीले कुल मतको चार दशमलव तीन प्रतिशत मत प्राप्त गरेको थियो ।

ADVERTISEMENT

चार वर्षपछि उहाँको पार्टीले २२ दशमलव पाँच देखि २६ दशमलव पाँच प्रतिशत ल्याएर विजयी हुँदैछ र मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्दै हुनुहुन्छ । ऊर्जा संकट र उच्च मुद्रास्फीतिबाट सम्भावित मन्दीबाट जोगाउनु मेलोनीका लागि चुनौती हुनेछ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज