उत्तर कोरियाद्वारा ब्यालेष्टिक मिसाइल प्रहार

Read Time = 2 mins

प्योङयाङ । उत्तर कोरियाले आइतवार पूर्वी सागरमा एक अज्ञात ब्यालेष्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियासँग संयुक्त अभ्यासअघि आणविक शक्तिद्वारा सञ्चालित एक अमेरिकी विमानवाहक सिउल आएको केही दिनपछि उत्तरले व्यालेष्टिक मिसाइल प्रहार गरेको हो । ‘उत्तर कोरियाले अज्ञात ब्यालेष्टिक मिसाइल प्रहार गरेको छ’, सियोलका संयुक्त चिफ अफ स्टाफले आइतबार बिहान भनेका छन् ।

उत्तरले सम्भावित ब्यालिष्टिक मिसाइल प्रक्षेपण गरेको टोकियोको रक्षा मन्त्रालयको जानकारीलाई उद्धृत गर्दै जापानको तटरक्षकले जनाएको छ । जहाजहरूलाई सचेत हुन चेतावनी दिइएको छ । उत्तरले प्रक्षेपण गरेको भनिएको वस्तु जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ ।

ADVERTISEMENT

अमेरिकी उपराष्ट्रपति कमला हृयारीको निकट भविष्यमा हुन लागेको दक्षिण कोरिया भ्रमणको अगाडि उत्तर कोरियाले आफ्नो शक्ति प्रदर्शन गरेको ठानिएको छ । उत्तर कोरियाले गरेको मिसाइल परीक्षण गम्भीर उक्साहट रहेको दक्षिण कोरियाले बताएको छ । संयुक्त राष्ट्रसंघले ब्यालेष्टिक मिसाइल तथा परमाणु हतियार परीक्षणमा प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले त्यसको निरन्तर परीक्षण गरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज